सौगात र सुरक्षा फिचर्ड ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक

सौगात र सुरक्षा फिचर्ड ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चैत २९ गते नेपाली नयाँ वर्षको अवसरमा रिलिज हुने सिनेमा ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीको स्वर, संगीत तथा मिक्सिङ र मास्टरिङ छ । गीतमा सिनेमाकी निर्देशक कृषा चौलागाईको शब्द रचना छ ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र सुरक्षा पन्त फिचर्ड छन् । गीत भिडियोमा सुरक्षाप्रति सौगातको प्रेमभावलाई प्रस्तुत गरिएको छ । तराईको लोकेसनमा खिचिएको गीतमा त्यहाँको परिवेशलाई देखाइएको छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

सिनेमामा सौगात र सुरक्षासहित प्रदीप खड्का, दयाहाङ राई, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीको अभिनय छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा कृषा चौलागाईको निर्देशन छ । विशाल चौलागाई निर्माता रहेको सिनेमामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाई सह–निर्माता, सुमन गौतम कार्यकारी निर्मातामा छन् ।

प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर, आशीष अविरलको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन छ । सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।