द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जन्ते बाख्रो’ को गीत गत एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो । यो सिनेमालाई सफल व्यावसायी सन्तोष गौतमले निर्माण गरेका हुन् । उनले पहिलो पटक सिनेमा निर्माणको अनुभव बटुलेका छन् ।
निर्माता गौतमले व्यावसायमा गर्दा लाखौं डलर नेपालबाट विदेश गएको अनुभव संगालेका छन् । त्यसैले विदेशी पैसा कसरी नेपाल भित्र्याउन सकिन्छ भन्ने बुझ्दै जाँदा त्यसको सवैभन्दा उत्तम माध्यम सिनेमा नै लागेपछि उनी सिनेमा निर्माणमा होमिएका हुन् । उनी नेपाली सिनेमाको प्रवर्द्धन मार्फत् व्यापारबाट विदेशीएको नेपाली पैसा नेपाल फर्काउन चाहान्छन् ।
‘मेरो ब्यानर मुईन इन्टरटेनमेन्टको यो पहिलो कोशिस हो । पहिलो पटक सिनेमा निर्माण गर्दाको अनुभव अविस्मरणीय रह्यो । आफु यसअघि मुईन इन्टरनेसनलबाट इम्पोर्टको काम गर्दै आएको छु । त्यसमा विशेषगरी इलेक्ट्रोनिक सामानहरु थुप्रै छन् । जसमध्ये करिब ६ सय बढी प्रोडक्टहरु आफ्नो कम्पनीले इम्पोर्ट गर्दै आएको छ । त्यो इम्पोर्टमा खुशी नै छु । त्यसैले गर्दा नै आज यो स्थानमा आइपुगेको छु,’ उनले भने ‘त्यो व्यावसायमा के नपुगेको नपुगेको महसुस भैरहेको थियो । त्यौ पैसा भनेको विदेशी प्रोडक्ट नेपालमा बेचेर नेपाली पैसा बाहीर पठाउनु रैछ । त्यो हाम्रो इन्ड्रस्टिज होइन् ।’
निर्माता गौतम नेपाली सिनेमा उद्योग विशुद्ध नेपाली प्रोडक्ट उत्पादन बेच्ने कारखाना रहेकाले पनि आफु त्यसप्रति आकर्षित भएको बताउँछन् । ‘हामी आफैले उत्पादन अर्थात् निर्माण गरेका नेपाली सिनेमालाई विश्वभर बेच्न मिल्ने उद्योग हो । यहाँ राम्रो गर्न सक्यो भने त जस्ट अपोजित हुने रैछ । जस्तो कि विदेशी डलर नेपाल भित्र्याउन सकिन्छ । त्यो पनि देखेँ मैले । भनेपछि आफ्नो देशको लागि पनि केही गरौं भन्ने उद्देश्यले सिनेमा निर्माणमा हात हालेको हुँ,’ उनले भने ।
सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।
सिनेमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।




प्रतिक्रिया