द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’ युट्युबमा रिलिज भएको छ । दर्शकलाई नेपाली नयाँ २०८२ को उपहार शोरुप घरज्वाइँ पुरा सिनेमा युट्युबमा रिलिज गरिएको निर्माता जनक घर्ती मगरले बताए ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
कृष्ण भन्डारीले सम्पादन गरेको सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ ।


प्रतिक्रिया