निर्देशक सिमोस सुनुवार भन्छन्- ‘जन्ते बाख्रो’ नेपाली ग्रामीण समाजको परम्पराको दस्तावेज बन्नेछ

निर्देशक सिमोस सुनुवार भन्छन्- ‘जन्ते बाख्रो’ नेपाली ग्रामीण समाजको परम्पराको दस्तावेज बन्नेछ


द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा आफैँमा देशको कला, संस्कृति र संस्कारको संरक्षण, सम्बर्द्धन र प्रचार गर्ने माध्यम हो । त्यसैले सिनेमा देशको कला, संस्कृति संरक्षण र सम्बर्द्धन गर्ने माध्यम हो भनिन्छ ।

सिमोस सुनुवारले निर्देशन गरेको सिनेमा ‘जन्ते बाख्रो’ले पनि नेपाली ग्रामीण समुदायमा केही समय अगाडिसम्म रहेको जन्ते बाख्रो खाने परम्पराको कथा भन्दैछ ।

बेहुलाको तर्फबाट गएका जन्तीलाई बेहुलीपक्षले बारीको पाटो अथवा खुला ठाउँमा खसी काटेर मासु भात टपरीमा खुवाउने चलन केही समय अगाडिसम्म गाउँमा थियो ।

भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा मासु र भात खुवाउने चलन थियो । तर, अहिले यो गाउँमा पनि यो चलन हराइसकेको छ । पार्टी प्यालेसमा अथवा क्याटरिङ लगाएर बफे सिस्टम सुरु भएसँगै जन्ते बाख्रो खुवाउने चलन लोप भइसकेको छ ।

यही लोप भएको जन्ते बाख्रो खुवाउने चलनलाई ‘जन्ते बाख्रो’ले भिजुअलमा दस्ताबेजीकरण गर्ने निर्देशक सिमोसले बताएका छन् । नेपाली ग्रामीण परम्परालाई रमाइलो तरिकाले देखाउँदै दस्ताबेजीकरण गर्ने आफ्नो टिमको उद्देश्य रहेको उनले बताएका छन् ।

जेठ २३ गतेबाट देशभरका सिनेमा घरमा रिलिज हुनेछ ।

आफु र आफ्नो टिमले जन्ते बाख्रो निर्माणमा निकै मेहनत गरेकाले दर्शकले सिनेमा रुचाउनेमा निर्देशक ढुक्क छन् ।

निर्देशक सिमोसले एउटा राम्रो सिनेमा पस्किने बताए । यो सिनेमाका लागि कलाकारदेखि कथा लेखनसम्म आफ्नो टिमले निकै मेहनत गरेकाले दर्शकलाई ‘जन्ते बाख्रो’ मन पर्नेमा उनी विश्वस्त छन् ।

चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारहरुको अभिनय रहेको छ ।

मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

सिनेमा हरि हुमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन ट्राइडेन्ट कन्सेप्ट  को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।