समीर भट्टको जन्मदिनमा ‘बलिदान’को प्रि-टिजर सार्वजनिक

समीर भट्टको जन्मदिनमा ‘बलिदान’को प्रि-टिजर सार्वजनिक

द सिनेमा टाइम्स
476
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक गरिएको छ । यो भिडियो सामग्री सिनेमाका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो ।

प्रि-टिजरमा अभिनेता भट्टका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ – ‘देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको । आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म ।’ भिडियोको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।

सिनेमाका निर्देशक सन्तोष सेनका अनुसार समीरमा कलाकारिता र अभिनयका सबै गुण भरिएका छन्, र ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको छ । सेनले प्रि-टिजरलाई समीरको प्रस्तुतिको झलक भन्दै यो सिरिजमा थप झिल्काहरू क्रमशः सार्वजनिक गरिने जानकारी दिए ।

सिनेमामा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ । ‘आसुसेन फिल्म्स्‌ प्रालिको प्रस्तुति रहेको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।

प्रि-टिजर: