नयाँ वर्षको सुरुआत नै भएन राम्रो, कमजोर सुरुवातले निर्मातामा त्रास

नयाँ वर्षको सुरुआत नै भएन राम्रो, कमजोर सुरुवातले निर्मातामा त्रास


काठमाडौं, द सिनेमा टाइम्स । पछिल्लो समय नेपाली सिनेमा हेर्न दर्शकले चासो देखाइरहेका छैनन् । दर्शकले चासो नदेखाउँदा एकपछि अर्को सिनेमा असफल जस्तै देखिएका छन् ।

नयाँ वर्षको सुरुआत नै राम्रो हुन सकेन । नयाँ वर्षलाई लक्षित गर्दै आएका सिनेमा र नयाँ वर्ष सुुरु हुन बित्तिकै आएका सिनेमाले दर्शकको ध्यान तान्न सकेनन् । नयाँ वर्षमा ठिकै सिनेमाले पनि राम्रो व्यापार गर्छन् भन्ने थियो ।

तर, यसपटक अनुमान गरेजस्तो भएन । बिदा मनाउन सिनेमा हल पुग्ने दर्शकको संख्या खासै धेरै देखिएन । एक दिन केही संख्या हलमा देखिए पनि न इभ र नयाँ वर्ष पछिको डेटमा हलमा दर्शक धेरै देखिएनन् ।

नयाँ वर्षलाई लक्षित गर्दै प्रदर्शनमा आएका सिनेमा ‘कर्मा’ निकै कमजोर देखियो । यति कमजोर देखियो कि यति धेरै यो सिनेमाले निर्माण टिमलाई निराश बनाउँछ भने कसैले पनि अनुमान पनि गरेको थिएन ।

स्टार कलाकार विपिन कार्की हुँदाहुँदै पनि यो सिनेमा चलेन । नयाँ वर्षको बिदामा पनि दर्शकले साथ नदिँदा यसले निर्माणपक्षलाई निराश बनायो ।

‘कर्मा’ सँगै रिलिज भएको अर्को सिनेमा ‘पिताम्बर’ले पनि सोचेजस्तो बक्स अफिसमा कमाई गर्न सकेन । जति मेहनत र प्रचार भएको थियो । जति पब्लिसिटी यो सिनेमाको भएको थियो, जति स्टार कलाकार थिए, त्यसरी यो सिनेमा जती कमाई गर्नु थियो गरेन तर निर्देशकको भने तारीफ़ भयो ।

यसपछि एकै दिन वैशाख १२ गते दुई सिनेमा प्रदर्शनमा आए । ‘खेल’ र ‘भूठान’ । ठिकै पब्लिसिटीसहित आएको ‘खेल’ र ‘भूठान’ दुवै चलेनन् । यी सिनेमाको अवस्था दयनीय रह्यो ।

यी सिनेमा बक्स अफिसमा यति धेरै कमजोर होलान् भन्ने सायद कसैले पनि सोचेकै थिएन । निर्माणपक्षले त झन् सोच्ने कुरै भएन ।

चैतको तेस्रो साता आएको ‘वसन्त’ले पनि  राम्रो प्रस्तुति बक्सअफिसमा गर्न सकेको थिएन ।

यसरी एकपछि अर्को सिनेमा असफल हुँदै आएका छन् । चल्छन् होलान् भनिएका, राम्रो हाइप बनाएका, ट्रयाक रेकर्ड पनि राम्रो भएका र प्रचार पनि राम्रो भएका सिनेमा नै लगातार असफल भएपछि नयाँ रिलिज हुने सिनेमाका निर्माता पनि यतिबेला त्रासमा छन् ।

कतै राम्रो सिनेमा पनि नचल्ने पो हो कि भन्ने त्रास छ । त्रासकै बीच सिनेमाको बाक्लो लाइनअप छ प्रदर्शनको । पाइपलाइनमा रहेका सिनेमाको पफमेन्स कस्तो रहला भन्ने तनावमा निर्माता र निर्देशक छन् ।

आशा गरौँ अब प्रदर्शनमा आउने सिनेमाले निर्मातालाई निराश नबनाउन्, दर्शकले सिनेमा हेर्ने जाँगर चलाउन् ।