म्याग्दीबाट ‘माइतीघर’को छायांकन सुरु

म्याग्दीबाट ‘माइतीघर’को छायांकन सुरु

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं। सिनेमा ‘माइतीघर’को छायांकन आजबाट सुरु गरिएको छ । म्याग्दीको ताकम गाउँमा आज सिनेमाको शुभसाइत गर्दै छायांकन सुरु गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।

स्थानीय गणेश मन्दिरमा शुभसाइत गर्दै पूजा गरियो । निर्माता अधिकारीका अनुसार २० दिन ताकम र धारपानी गाउँमा छायांकन हुनेछ भने बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुनेछ ।

धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन शुभसाइत समारोहको प्रमुख अतिथी  थिए । उनले, पहिलो पटक गाउँमा छायांकन हुन लागेको भन्दै खुशी व्यक्त गरे । यो सिनेमाबाट गाउँको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष पुनको छ ।

शुभसाइत समारोह अघि सिनेमाको टिमलाई गाउँमा बाजा बजाउँदै स्वागत गरिएको थियो । यो सिनेमामा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहनेछ ।

मिलन तामाङको निर्देशनमा बन्ने सिनेमामा सुसन प्रजापतिको छायांकन रहनेछ । सिनेमालाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको  रविन शेरचन र धीरज तामाङको पनि लगानी छ ।