द सिनेमा टाइम्स, काठमाडौं । समीर भट्ट नेपाली सिनेमा उद्योगमा गत वर्ष भित्रिएर राम्रो छाप छोड्न सफल नायक हुन् । ‘१२ गाउँ’मार्फत भित्रिएर लोभलाग्दो क्रेज बनाए ।
पहिलो सिनेमा रिलिज हुनु अगाडि नै उनको चर्चा थियो । बिराज भट्टको छोरा भएको, हालसम्म कतै नदेखिएको र इन्डियामा बसेर सिनेमाकै लागि कडा मेहनत गरेकाजस्ता कुराले पहिलो सिनेमा आउनुभन्दा अगाडिदेखि नै उनको चर्चा चुलिएको थियो ।
पहिलो सिनेमाबाट उनले गज्जबको क्रेज बनाए । स्टारडम बनाए । अहिले उनलाई अफर गर्नेको घुइँचो छ । आएजति सिनेमाको अफर स्वीकार गर्ने हो भने एउटा चलचित्रलाई एक महिना मात्रै सिनेमा दिए पनि काम गर्न उनलाई बाह्रै महिना भ्याइनभ्याइ हुन्छ ।
तर उनले अधिकांश अफर अस्वीकार गरेका छन् । दसैँमा रिलिज भएको ‘१२ गाउँ’पछि उनले अरु सिनेमा ‘बलिदान’बाहेक अरूमा काम गरेका छैनन् ।
‘१२ गाउँ’ आउनुभन्दा अगाडि नै समीरले ‘बलिदान’ साइन गरिसकेका थिए । ‘बलिदान’ रिलिजभन्दा अगाडि उनले अर्को सिनेमामा काम गर्ने छैनन् ।
यदि गरे भने पनि उनले आफ्नै होम प्रोडक्सनमा रहेको सिनेमाको काम मात्रै गर्नेछन् । काम गरे पनि ‘बलिदान’ भन्दा अगाडि रिलिज हुने छैन ।
‘१२ गाउँ’ पछि समीरले काम गरेको ‘बलिदान’को यतिबेला चर्चा छ । ‘बलिदान’मा उनी मुख्य भूमिकामा छन् ।
समीरको जन्मदिनको उपहारस्वरुप ‘बलिदा’का निर्देशक सन्तोष सेनले सिनेमाको प्रि-टिजर सार्वजनिक गरे । प्रि-टिजरमा समीर मात्रै छन् । उनको एक्सन मात्रै छ । अरू कोही कलाकार छैनन् । उनकै पनि उल्लेखनीय त्यस्तो केही छैन ।
तर पनि समीरको गज्जबको क्रेज देखिएको छ । रिलिजको केही समयपछि नै प्रि-टिजरले ट्रेन्डिङको एक नम्बरमा उक्लियो । थुप्रै कमेन्ट र लाइक पाए । कमेन्टमा समीरको उल्लेख्य सख्यामा कमेन्टमा तारिफ गरेको देखिन्छ ।
कमेन्टमा उनको प्रशंसामा खर्चिएका शब्दले उनको क्रेज ‘१२ गाउँ’मा जस्तै ‘बलिदान’मा पनि देखिएको छ ।
नेपाल बाहिर नेपालीको बसोबास रहेका देशमा पनि प्रि-टिजर ट्रेन्डिङमा आएकाले पनि समीरको लोकप्रियता थप चुलिएको देखिएको छ । यसले ‘बलिदान’ प्रतिक्षित बन्ने देखिएको छ ।
निर्देशक सन्तोष सेनका अनुसार ‘बलिदान’ समीर भट्टको बहु आयामिक क्षमताको उत्कृष्ट प्रदर्शन हो । सन्तोषले यसलाई ड्रिम प्रोजेक्ट भएको र अहिलेसम्मकै खतरनाक नेपाली एक्सन सिनेमा हुने बताउँदै आएका छन् ।
आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको सिनेमामा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ ।
पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।


प्रतिक्रिया