‘यो मन त मेरो नेपाली हो’को खैँजडी भजन ‘हेर लौ नेपाल आमाको’ सार्वजनिक

‘यो मन त मेरो नेपाली हो’को खैँजडी भजन ‘हेर लौ नेपाल आमाको’ सार्वजनिक

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘यो मन त मेरो नेपाली हो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । खैँजडी भजनमा आधारित ‘हेर लौ नेपाल आमाको’ बोलको गीतमा नेपालको इतिहासदेखि वर्तमानसम्मको वर्णनसहित एकता र भाइचाराको भाव छ । गीतमा अनिश अधिकारी गायन, शब्द रचना तथा संगीत रहेको छ ।

प्रमोद भण्डारीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सिनेमाका कलाकारहरु रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, विजिता बर्देवा, देवराज राजबंशी लगायतलाई देख्न सकिन्छ । पूजाको परिवेशमा भिडियोलाई तयार पारिएको छ । यसअघि सिनेमाको ‘तिम्रो आँखै रसिलो’ बोलको गीत सार्वजनिक गरिएको थियो ।

पद्मा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमालाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् । नर प्रधान (मित्र)को लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, अनिश अधिकारी लगायतको पनि अभिनय रहेको छ ।

नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्साउने सिनेमामा शिवम् अधिकारीको लेखन, दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स तथा कविराज गहतराजको कोरियोग्राफी छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँमा सिनेमाको छायांकन गरिएको छ ।