महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक

महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
231
Shares

द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमालको ८ वर्षपछिको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानको एक हलमा आयोजित सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा लामो समयपछिको कमव्याकलाई लिएर महनायक हमाल उत्साहित देखिए ।

सार्वजनिक ट्रेलरमा महानायक हमालले अभिनय गरेका चर्चित र सफल पुराना सिनेमाको नामलाई संवाद मार्फत् दर्शकलाई पुरानो दिनमा फर्काउने प्रयास निर्माण टिमले गरिएको छ । यस्तै, महानायक हमालका हरेक सिनेमामा नछुट्ने थगो ‘हे….’ लाई पनि सार्वजनिक ट्रेलरमा प्रस्तुत गरिएको छ । बिहीबार सार्वजनिक सिनेमाको ३ मिनेट १५ सकेण्ड लामो ट्रेलर दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ ।

सिनेमाका प्रायः सवै मुख्य कलाकारहरुलाई स्थान दिइएको महानायक हमालसँगै अर्का अभिनेता राज कटुवालको एक्सन अवतारले पनि दर्शकको ध्यान खिच्ने देखिन्छ । सार्वजनिक ट्रेलरबाट महानायक हमालको जोडी अभिनेत्री नीति शाह र राजको जोडीको रुपमा सनिशा भट्टराईलाई देखाइएको छ । यता अभिनेता सरोज खनाल र पूर्वमिस नेपाल तथा डेव्यु अभिनेत्री उषा खड्कीलाई दम्पत्तिको रुपमा प्रस्तुत गरिएपनि उनीहरु भूमिकालाई सस्पेन्स नै राखिएको छ ।

सिनेमामा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, दीपा शाही, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन र बाल कलाकार एभेलिना खड्का र समाइरा थापा लगायतको पनि अभिनय छ ।

चन्द्र पन्तको कथा रहेको सिनेमामा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको सिनेमामा क्रियटिभ सिने आर्ट्सको लागि नेम महर्जनको लगानी छ । सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि लगानी छ ।