द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ २ गतेबाट देशभरका हलमा रिलिज हुने सिनेमा ‘हेल्लो काँशीराम’को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरिएको छ । लोकभाकामा आधारित यो गीतमा लोक गायक राजु परियारको आवाज सुन्न सकिन्छ । सिनेमाका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीरामको यो गीतमा स्वर दिएका हुन् ।
सोमबार सार्वजनिक गीतमा संगीत संयोजन विपिन आचार्य तथा रेकर्डिङ एमबी म्युजिक स्टुडियोमा गरिएको हो । यो गीतमा समावेश शव्द अनुसार समग्रमा सिनेमा ‘हेल्लो काँशीराम’ कमेडी शैलीमा देशको परिस्थितीलाई चित्रण गरेको बु्झ्न सकिन्छ ।
सिनेमाको छायांकन यम आले मगरले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन मित्र डी गुरुङको छ । सिनेमामा समावेश विभिन्न गीतमा नृत्य निर्देशन चर्चित कोरियोग्राफर कविराज गहतराज र द्वन्द निर्देशन शंकर महर्जनले गरेका छन् । पिबी थापाको लगानीमा तथा रिम विश्वकर्माको लेखन तथा निर्देशनमा बनेको सिनेमाका सह-निर्माता शान्ता ढकाल हुन् ।
रेडलाइन्स फिल्म प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा दिलिप रायमाझी, प्रियंका कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरुङ, लक्ष्मी भुसाल लगायतका कलाकारको अभिनय देख्न सकिनेछ । सिनेमामा सहायक निर्देशकको भूमिकामा जीवन गौतम, सावन शर्मा र सुमन खाँण, पाश्र्व संगीत साश्वत श्रेष्ठले तयार पारेका छन् । श्रृंगारमा दीपेन्द्र हमाल र भेषभुषामा करण बस्नेतले काम गरेका छन् ।


प्रतिक्रिया