द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘चिसो मान्छे’ युट्युबमा रिलिज भएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको सिनेमा ‘चिसो मान्छे’ शुक्रबार युट्युबमा रिलिज गरिएको हो ।
खनालको निर्देशन रहेको चलचित्र ‘के घर के डेरा : घर नं २’ हलमा रिलिज भएकै दिन ‘चिसो मान्छे’ पनि युट्युबमा रिलिज भएको हो ।
चलचित्र ‘चिसो मान्छे’को कथा पनि निर्देशक खनाल स्वयंले लेखेका छन् । कोभिडको समयमा कोभिड संक्रमणको त्रासले सिर्जना गरेको समाजको विषयलाई कथानक बनाएर यो सिनेमा निर्माण भएको थियो ।
‘चिसो मान्छे’को मुख्य भूमिकामा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् । देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
सिनेमालाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यो सिनेमा २०७९ असार ३ गते हलमा रिलिज भएको थियो । सिनेमाले राम्रो समीक्षा पाए पनि कोरोनाको त्रासबीच रिलिज हुँदा बक्सअफिस कलेक्सन भने राम्रो गर्न सकेको थिएन ।
यसअघि यो सिनेमा भिडियोपसल एपमा पनि रिलिज भएको थियो ।


प्रतिक्रिया