द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमाल मुख्य भूमिकामा रहेको सिनेमा ‘नरसिंहा अवतार’ यही जेठ ९ गते रिलिज हुँदै छ । यो सिनेमा केही विशेष छ ।
यो सिनेमा विशेष हुनुको कारण हो, राजेश हमालको अभिनय । महानायक हमाल यो सिनेमाबाट आठ वर्षपछि कमव्याक गर्दैछन् ।
आठ वर्षसम्म कुनै पनि सिनेमा काम नगरेका उनी ‘नरसिंहा अवतार’ मार्फत कमब्याक गर्न लागेका हुन् । टेलिभिजन कार्यक्रम र म्युजिक भिडियोमा काम गरे पनि उनले यो आठ वर्षको समय सिनेमामा भने काम गरेनन् ।
अफर नआएर होइन अएरै नगरेका हुन् । उनले कमब्याक हुन्छ भनेर बनाइएको र ठूलो लगानी समेत रहेको ‘बागमती’ र फरक गटेअपमा रहेको ‘शकुन्तला’ सोचे जस्तो बक्स अफिस तताउन सकेन …उनीले आठ वर्ष सिनेमा नगरीबाट टाढा रहे ।
कुनै समय थियो, राजेश हमालको टाउको बिक्थ्यो । पोस्टरमा राजेश हमालको टाउको मात्रै राख्यो भने पनि सिनेमा चल्छ भनिन्थ्यो । त्यस्तो समय पनि थियो । सानो केमियोमा मात्रै राजेश भए पनि सिनेमा दमदार चल्थे ।
तर, विस्तारै त्यो अवस्था रहेन । एक्सन सिनेमामा अरु हिरो पनि आए ।दबदबा क़ायम राखे ।
अहिले एकाएक उनी फेरि सिनेमा उद्योगमा फर्किंदैछन् । गीत, एक्सन, विरोध, प्रतिसोध, डान्स, रोमान्स, इमोसनसहितको सिनेमाबाट । दिवाकर भट्टराईले निर्देशन गरेको सिनेमाको सबैभन्दा बलियो पक्ष यसमा रहेको सस्पेन्स नै सस्पेन्स रहेको राजेशले बताएका छन् ।
‘नरसिंहा अवतार’को मेरुदण्ड भनेकै रहस्य भएको उनको भनाइ छ ।आठ वर्षको समयमा विभिन्न विषय र चरित्रमा अफर आए पनि कहिले टिम चित्त नबुझेर, कहिले कथा मन नपरेर काम नगरेको तर दिवाकरले कथा सुनाएपछि ठिक छ कि क्या हो भन्ने लागेको राजेशले बताए । तर, तीन महिना त्यसलाई इनह्यान्स गर्न समय लागेको राजेशले बताएका छन् ।
हरेक प्लटप्लट र क्लाइमेक्समा आफ्नै सुझावमा काम गरेपछि आफू खेल्न तयार भएको उनले बताएका छन् । तर, अन्तिम समयसम्म पनि म नै चाहिन्छ र भनेर आफूले भनेको भन्दै राजेशले भने, ‘तर दिवाकरले तपाइँले नै गरिदिनुप¥यो भनेपछि आफू पुनः सिनेमा गर्न तयार भएको उनले सुनाए ।
उनकै कारण ‘नरसिंहा अबतार’ले बजारमा बज गरेको छ । हाइप बनाइएको छ । त्यसैले निर्देशक दिवाकर भट्टराई सिनेमालाई दर्शकले मन पराउनेमा विश्वस्त छन् ।
क्रियटिभ सिने आट्र्सको ब्यानरमा बनेको यो सिनेमामा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।
सिनेमामा राजेश हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।
राजु विक्रम थापाको छायांकन तथा साहिल खानको सम्पादन रहेको सिनेमाले नेपाली बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने धेरैको अनुमान छ ।


प्रतिक्रिया