कमेडी सिनेमाको खडेरी ‘जन्ते बाख्रो’ले हटाउनेमा ढुक्क निर्माता/निर्देशक

कमेडी सिनेमाको खडेरी ‘जन्ते बाख्रो’ले हटाउनेमा ढुक्क निर्माता/निर्देशक


द सिनेमा टाइम्स, काठमाडौं । कमेडी सिनेमा नआएको थुप्रै भयो । तर अब यो खाँचो ‘जन्ते बाख्रो’ले पूरा गर्छ कि जस्तो देखिएको छ । ट्रेलरले यो देखाएको छ । हास्ने ठाउँहरू ट्रेलरमा प्रशस्तै छन् । पेट मिचिमिचि हास्ने ठाउँ ट्रेलरमा छन् । यदि सिनेमाको शारांश ट्रेलर हो भने फूल कमेडीको डोज लिएर यो सिनेमा आउनेछ ।तर, यसको पनि विषय सामाजिक नै छ । सामाजिक कथावस्तु उठाउँदै त्यसको सेरोफेरोमा रहेर यसले कथा भन्दै हसाउँदै गर्ने अनुमान लगाउन सकिन्छ ।

जुन खालका गीत छन् र ट्रेलर छ । विम्बको रुपमा चस्मा लगाएको बाख्रो छ, यसले यो सिनेमा दर्शकलाई हँसाउन कै लागि आउने प्रष्ट संकेत गरेको छ । त्यसैले यो सिनेमाले अहिले नेपाली चलचित्र उद्योगमा देखिएको कमेडी सिनेमाको खडेरी टार्न आउने विश्वास यसका सामग्रीले देखाएका छन् ।

सन्तोष गौतमको लगानी रहेको सिनेमा ‘जन्ते बाख्रो’लाई सिमोस सुनुवारले निर्देशन गरेका छन् । लभस्टोरी र कमेडीको कम्प्याक्ड प्याकेज लिएर यो सिनेमा आउने निर्देशक र निर्माताले बताइसकेका छन् ।

आगामी जेठ २३ गतेबाट यो सिनेमा नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउँदैछ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको छ । सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।

आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन ९ट्राइडेन्ट कन्सेप्ट टिम० को पोस्टर डिजाइन रहेको छ ।

टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।