तीन पूर्व प्रेमिकाले एक्स ब्याइफ्रेन्डको बिहेमा हालेको भाँजो

तीन पूर्व प्रेमिकाले एक्स ब्याइफ्रेन्डको बिहेमा हालेको भाँजो


द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जन्ते बाख्रो’ रिलिज हुँदा हलमा दर्शकको हाँसोको फोहरा छुट्ने धेरैको विश्वास छ । लभस्टोरी कमेडी जनरामा बनेको सिनेमाले दर्शकलाई हसाउनेमा निर्माण टिम ढुक्क छ ।

कमेडी र लभस्टोरी दुवै जनराका दर्शक हलमा आउँदा सिनेमा बक्सअफिसमा पनि सफल हुने निर्माता तथा निर्देशकले दाबी गरिरहेका छन् ।

‘जन्ते बाख्रो’ टाइटल आफैँमा नेपाली वैवाहिक कल्चरमा खुवाइने भोजसँग जोडिएको छ । यो शब्द कल्चरल भए पनि अहिलेको पुस्ताका लागि यो नयाँ जस्तै भइसकेको छ ।

पार्टी प्यालेसमा चल्ने बफे सिस्टममा विवाहको भोज र पार्टी सिफ्ट भइसकेको अवस्थामा यो सिनेमाले पुरानो भइसकेको र लोप हुन लागेको जन्ते बाख्रो खुवाउने परम्परालाई सिनेमामार्फत देखाउँदै छ ।

यो सिनेमाको कथा सिनेमाको मुख्य पात्रको बिहेको वरपर घुमेको छ । सिनेमाको हिरोको बिहे भएको छैन । तीनजना युवतीसँग उनको लभ परेर छुटिसकेको हुन्छ । अब भने ऊ केटी खोजेर बिहे गर्ने मुडमा हुन्छ ।

उसले केटी पनि भेट्टाउँछ । तर बिहे पक्कापक्की भएपछि उसको पहिलेका तीवटा गर्लफ्रेन्डले थाहा पाउँछन् । आफूलाई धोका दिएर अर्कैसँग बिहे गर्न लागेको थाहा पाएपछि केटाबाट धोका पाएका तीनैजना युवती उसको बिहे भाँड्न आइपुग्छन् । यही नै ‘जन्ते बाख्रो’को मुख्य कथा हो ।

यो कथा रमाइलोसँग भनेका निर्देशकले सिनेमा दर्शकले मन पराउने बताइरहेका छन् । यो कथा आफैँमा रमाइलो विषय हो । यसको रमाइलोसँग प्रस्तुति हुँदा राम्रो कमेडी सिनेमा बनेको निर्माण पक्षको दाबी छ ।

कमेडी सिनेमा नआएको थुप्रै भएका बेला यसले त्यसको ठाउँ लिने निर्देशक सिमोस सुनुवारले बताएका छन् ।

सन्तोष गौतमको लगानी रहेको सिनेमा ‘जन्ते बाख्रो’लाई सिमोस सुनुवारले निर्देशन गरेका छन् ।

जेठ २३ गतेबाट यो सिनेमा नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउँदैछ ।

मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको छ । सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।

आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन ट्राइडेन्ट कन्सेप्ट टिमको पोस्टर डिजाइन रहेको छ ।

टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।