‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को मर्मस्पर्शी गीत ‘आमा’ सार्वजनिक

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को मर्मस्पर्शी गीत ‘आमा’ सार्वजनिक

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यैपानेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ‘आमा’ बोलको मर्मस्पर्शी गीतमा अर्जुन पोखरेलको शब्द रचना, संगीत र स्वर रहेको छ । मनिषा सुनारले पनि गायनमा संगीतकार पोखरेलले साथ दिएकी छन् ।

सार्वजनिक गीतले सिनेमाको सार बोलेको छ । सिनेमाको मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्षसम्म गीतमा समावेश गरिएको छ । आमाको ऋण तिर्न र आँखाको आँसु पुछ्न काठमाडौं आएको बताउँछ । तर, घर छोडेर हिँड्दा सुरुमा जसरी काठमाडौं सहज र सरल होला भन्ने आम मान्छेले सोचेको हुन्छ । काठमाडौं ठिक त्यसको विपरीत रहेको गीतले देखाउँछ ।

सिनेमाका एसोसियट निर्देशक मनिष राउतका अनुसार यो गीत आफ्नो बाचाको सफलता कुरिरहेका सम्पूर्ण आमा र आमाको खुशी खोज्न सहर पसेका छोरा-छोरीको लागि समर्पित गीत रहेको बताए । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ ।

सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ आगामी भदौ ६ गते रिलिज हुनेछ । विजय यो सिनेमाको मुख्य कलाकार हुन् । निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ । अहिले पोस्ट प्रोडक्सनमा रहेको यो सिनेमाको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो ।

सिनेमाको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुन् । कलाकारको बलियो लाइनअप रहेको सिनेमामा गौरव पहारी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, सृष्टि खड्डी, निरु खड्का गौतम, सुवास सिंह ठकुरी लागायतको पनि अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा कमल न्यौपाने र विमल न्यौपाने सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् । थानेश्वर गौतम, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमाटोग्राफी रहेको छ ।

सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । गोविन्द शाहीको काफिया फिल्मस्ले वितरणको जिम्मा लिएको छ । सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा रहेकाले यो सिनेमा दर्शकको प्रतिक्षामा रहने देखिन्छ ।