देउकी प्रथामा आधारित ‘मोहर’को टिजर सार्वजनिक

देउकी प्रथामा आधारित ‘मोहर’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मोहर’को टिजर सार्वजनिक भएको छ । मंगलबार निर्माण टिमले सिनेमाको १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । सिनेमाको टिजरले नलेखिएको नियमको कथा बोल्छ । सिनेमामा ‘देउकी’को कथालाई उल्लेख गरेको टिजरबाट बुझ्न सकिन्छ ।

सार्वजनिक टिजरमा अभिनेता पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् । लामो कपाल पालेका पलको कथा अभिनेत्री बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । यस्तै, कपाल छोटो पालेका पलको कथा अभिनेत्री नीति शाहसँग जोडिएको छ । यसले, सिनेमाप्रति दर्शकको कौतुहलता बढाउने देखिन्छ ।

फिल्म मेकर्स प्रालिको प्रस्तुतिमा तयार भएको सिनेमाका निर्माता चुम्बन जंग शाही हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अर्जुन जंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बालकलाकार सारा शर्माको मुख्य भूमिका छ ।

कुमार महर्जनको एक्सन रहेको सिनेमामा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।

सिनेमाको टिजर साहिल खानले तयार पारेका हुन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमाको प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल हुन् । रोशन जंग शाही सिनेमाका लाइन प्रोड्यूसर हुन् ।