एयर इन्डियाको विमान दुर्घटनामा कुन बलिउड सेलिब्रेटीले के भने ?

एयर इन्डियाको विमान दुर्घटनामा कुन बलिउड सेलिब्रेटीले के भने ?

द सिनेमा टाइम्स
385
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हिजो बिहीबार भारतको अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटना भएको थियो । उक्त जहाज दुर्घटनामा २४१ जनाले ज्यान गुमाएका थिए । एक जना भने बाँच्न सफल भएका छन् ।

यो दुर्घटनाले भारत मात्रै नभई पुरै विश्व नै स्तब्ध बनेको छ । उक्त जहाज कसरी दुर्घटनामा पर्यो भन्ने खुलीसकेको छ । यो जहाज दुर्घटनामा भारतीय राष्ट्रपती, प्रधानमन्त्री, मन्त्री तथा अन्य राजनितिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् । उक्त जहाज दुर्घटनाले बलिउडकर्मीलाई पनि दुखी बनाएको छ ।

बलिउड मिडियाका अनुसार बलिउड अभिनेता विक्रान्त मेसीका नजिक आफन्त समेत परेका उल्लेख गरेका छन् । त्यससँगै बलिउडकर्मी विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा जहाज दुर्घटनामा दुःख व्यक्त गरेका हुन् । बलिउड अभिनेता सलमान खानले यो जहाज दुर्घटनाले गर्दा केही समयको लागि आफ्नो तय भैसकेका कार्यक्रम समेत स्थगित गरेको छन् ।

अभिनेता शाहरुख खानले ट्विीटरमा लेखेका छन्, ‘अहमदावादमा घटेको घटनालको खबरले दिल टुटेको छ । पीडिहरु र उनीहरुका परिवारहरु र प्रभावित सवैका लागि मेरो प्रार्थना ।’ यता प्रदर्शनरत सिनेमा ‘हाउसफुल ५’ अभिनेता अक्षय कुमारले लेखेका छन्, ‘एयर इन्डियाको विमान दुर्घटनाबाट भयवीत र स्तब्ध छु । यस बिन्दुमा प्रार्थना मात्र गर्न सक्छु ।’

बलिउड अभिनेता सन्नी देवलले लेखेका छन्, ‘अहमदावादमा भएको विमान दुर्घटनाको खबरले म अत्यन्तै दुःखी छु । बाँचेकाहरूलाई चाँडोभन्दा चाँडो फेला पार्न र आवश्यक राहत प्रदान गर्न म हृदयदेखि प्रार्थना गर्दछु । यस दुर्घटनामा ज्यान गुमाउनेहरूको आत्माले शान्ति पाओस् । यो कठिन समयमा उनीहरूका परिवारलाई धर्यधारण गर्न सकने हिम्मत मिलोस् । अर्का बलिउड अभिनेता सोनु सुदले लेखेका छन्, ‘अहमदावादबाट लन्डनका लागि उडान भरेपछि दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमानको लागि प्रार्थना ।’

यता बलिउड अभिनेत्री परिणीति चोपडाले लेखेकी छन्, ‘आज दुर्घटनामा परेको एयर इन्डियाको विमानका परिवारका सदस्यहरूको पीडा म कल्पना पनि गर्न सक्दिन । यो कठिन समयमा उनीहरूलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी म भगवानसँग प्रार्थना गर्छु ।’ अभिनेता रितेश देशमुखले पनि लेखेका छन्, ‘अहमदावादमा भएको विमान दुर्घटनाको दुखद खबर सुनेर म पूर्ण रूपमा भावुक र स्तब्ध भएको छु । मेरो समवेदना सबै यात्रुहरू, उनीहरूका परिवारहरू र जमिनमा प्रभावित सबैसँग छ । यो अत्यन्तै कठिन समयमा म उनीहरू सबैको लागि प्रार्थना गर्दछु ।’

बलिउड अभिनेता रणदीप हुड्डाले लेखेका छन्, ‘अहमदावादमा भएको दुखद् विमान दुर्घटनाको बारेमा सुनेर मन दुख्यो । मेरो विचार र प्रार्थना प्रभावित सबैसँग छ । बाँचेकाहरू र उद्धार टोलीहरूको लागि साहसको कामना गर्दछु । दिवंगतहरूको शान्तिको कामना गर्दछु र उनीहरूका परिवारहरूले यो अतुलनीय क्षति सहन सक्ने शक्ति पाऊन् ।

यो दुर्घटनाले सम्पूर्ण भारतलाई हल्लाएको छ । दक्षिण भारतीय अभिनेताहरु विष्णु मन्चु, प्रभास, मोहनलाल र बलिउड अभिनेता अक्षय कुमार अभिनित सिनेमा ‘कनप्पा’को ट्रेलर लन्च कार्यक्रम हुने तय भएको थियो । त्यो कार्यक्रम रद्द गरिएको छ । सलमान खान पनि इन्डियन सुपरक्रस रेसिङ लिगमा भाग लिन जाँदै थिए । तर अब त्यो पनि रद्द गरिएको छ ।