वैदेशिक रोजगारीको कथा ‘रियाल रिङ्गेट’को मर्मस्पर्शी टिजर सार्वजनिक

वैदेशिक रोजगारीको कथा ‘रियाल रिङ्गेट’को मर्मस्पर्शी टिजर सार्वजनिक

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । वैदेशिक रोजगारीको कठोर यथार्थ कथामा आधारित रहेर निर्माण भएको सिनेमा ‘रियाल रिङ्गेट’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने सिनेमाको २ मिनेट ११ सकेण्ड लामो टिजरमा नेपाली युवाहरूको सपना, संघर्ष, पारिवारिक विछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई देखाइएको छ ।

नेपालमा रोजगारीको समस्याले विदेशिन बाध्य युवाहरूको पीडा र परिवारसँगको वियोगलाई प्रस्तुत गरिएको टिजरमा प्रवास पुगेपछि विभिन्न षड्यन्त्रमा परेर चरम यातना भोगिरहेका युवाहरूको मार्मिक दृश्यहरू पनि समेटिएको छ । यसले वैदेशिक रोजगारीको चम्किलो आवरणभित्र लुकेका अँध्यारा पाटोहरूलाई उजागर गर्छ ।

विभोर पोखरेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा प्रमोद चौलागाईं, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतको अभिनय रहेको छ । सिनेमाको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

गगनलाल प्रधान निर्माता रहेको सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा राजीव समरको कोरियोग्राफी छ । सिनेमाका गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत तथा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर छ । सिनेमालाई काफिया फिल्मस्ले वितरण गर्दैछ ।