प्रभाष अभिनित हरर कमेडी ‘द राजा साब’को अफिसियल टिजर सार्वजनिक

प्रभाष अभिनित हरर कमेडी ‘द राजा साब’को अफिसियल टिजर सार्वजनिक

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभाषको मुख्य भूमिका रहेको हरर कमेडी सिनेमा ‘द राजा साब’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा प्रभाषको दमदार कमेडी अवतार देख्न सकिन्छ । उत्कृष्ट पटकथा र शक्तिशाली संवादहरूका साथ सिनेमाको टिजर रिलिज गरिएको छ ।

यो सिनेमाको सबैभन्दा ठूलो विशेषता यसको विशाल र डरलाग्दो सेट हो । यो शानदार र डरलाग्दो सेट प्रसिद्ध कला निर्देशक राजीवन नाम्बियारले डिजाइन गरेका थिए । एक विलासी हवेली, जुन भारतीय सिनेमामा अहिलेसम्मको सबैभन्दा ठूलो डरलाग्दो स्थान रुपमा तयार गरिएको छ । ‘द राजासाब’का लागि तयार गरिएको यो भव्य हवेली लगभग ४१,२५६ वर्ग फिटमा फैलिएको छ ।

सिनेमामा यो हवेली केवल दृश्य पृष्ठभूमि मात्र होइन् । कथाको एक जीवन्त र महत्त्वपूर्ण पात्र पनि हो । जसले दर्शकहरूमा डर र उत्साह भर्ने विश्वास निर्माण टिमको छ ।

पीपल मिडिया फ्याक्ट्रीको ब्यानरमा विश्व प्रसादले निर्माण गरेको सिनेमा ‘द राजा साब’लाई मारुतीले निर्देशन गरेका हुन् । यो प्यान इन्डिया सिनेमामा प्रभाससहित सञ्जय दत्त, माल्विका मोहनन्, निधि अग्रवाल र रिद्धि कुमारको अभिनय रहेको छ ।

थमन एसको संगीत रहेको ‘द राजा साब’ आगामी ५ डिसेम्बरमा हिन्दी, तेलुगु, तमिल, कन्नड र मल्यालम भाषामा विश्वव्यापी रिलिज हुनेछ ।