‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक

‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता किरण श्रेष्ठ र डेव्यु अभिनेत्री आयशा तामाङको मुख्य भूमिका रहेको सिनेमा ‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक गरिएको छ । समीक्षा अधिकारी र ओम सुनारको स्वर रहेको गीतमा गायक सुनार स्वयंको संगीत तथा मुना शाहको शब्द रचना छ ।

डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियोमा किरण र आयशा फिचर्ड छन् । गीतमा उनीहरुको प्रेमिल भाव अभिव्यक्त छ । मुस्ताङ विभिन्न क्षेत्रमा छायांकन गरिएको भिडियोमा रोशनी थापा मगरको कोरियोग्राफी रहेको छ । समाइरा तन्दुकार र शर्मिला लामा निर्माता रहेको सिनेमामा सुगन तण्डुकार कार्यकारी निर्मातामा छन् । यो हरर तथा थ्रिलर जनरामा निर्माण भएको सिनेमा हो ।

सीमा गुरुङको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमाको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । विदेशका विभिन्न फेस्टिभलमा सिनेमा देखाएपछि मात्र स्वदेशमा प्रदर्शन गरिने निर्देशक सीमा गुरुङले बताइन् । सिनेमामा किरण र आयशासहित कालु राणा, आकी थेक्पा, सुगन तन्दुकार, उज्जवल, सञ्जय थापा, सकल रेग्मी लगायतले अभिनय गरेका छन् ।

फुलमुन मोसन फिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमामा सञ्जय थापाको द्वन्द्व निर्देशन, रणधीर श्रेष्ठको छायांकन र बनिश शाहको सम्पादन छ ।