ऋतिक र जूनियर एनटीआर लिएर ‘वार २’ निर्देशन गर्नु ठुलो जिम्मेवारी हो : अयान मुखर्जी

ऋतिक र जूनियर एनटीआर लिएर ‘वार २’ निर्देशन गर्नु ठुलो जिम्मेवारी हो : अयान मुखर्जी

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक अयान मुखर्जी हाल बलिउडको प्रतिक्षित सिनेमा ‘वार २’ बनाइरहेका छन् । यशराज ब्यानरको स्पाई युनिभर्सको यो सिनेमामा ऋतिक रोशन र जूनियर एनटीआर मुख्य भूमिकामा छन् । यो सिनेमाबाट दर्शकको फरक अपेक्षा छ । अयान मुखर्जीले ऋतिक र जुनियर एनटीआरको यो सिनेमाको बारेमा पहिलो पटक बोलेका छन् ।

उनी भन्छन्, ‘यो सिनेमा मेरो लागि ठूलो जिम्मेवारी हो । फ्यानहरूलाई पूर्ण थ्रिएट्रिकल अनुभव दिने योजनाका साथ यो सिनेमा निर्माण गरिएको हो । ‘वार’को पहिलो भाग २०१९ मा रिलिज भएको थियो । त्यो सिनेमामा ऋतिकसँग टाइगर श्राफ देखिएका थिए । त्यो सिनेमा बक्सअफिसमा सुपरहिट भएको थियो । त्यसैले ‘वार’को सिक्वेलको माग दर्शकमाझ बलियो छ ।’

जुनियर एनटीआरले ‘वार २’ बाट बलिउडमा डेब्यू गर्न लागेका छन् । त्यसैले सम्पूर्ण भारतले यो सिनेमा विशेष चासोका साथ हेरिरहेको छ । विशेषगरी दक्षिण भारतीय फ्यानहरू यो सिनेमाको पर्खाइमा छन् । यसको निर्माणको बारेमा कुरा गर्दै निर्देशक अयानले भने, ‘वार जस्तो लोकप्रिय फ्रेन्चाइजीलाई अगाडि बढाउनु र यसलाई आफ्नै स्वाद दिनु ठूलो जिम्मेवारी हो । मैले पहिलो सिनेमालाई ध्यानमा राखेर ‘वार २’ निर्देशन गरेको छु । यति ठूलो ब्लकबस्टर फ्रेन्चाइज सिनेमा बनाउने जिम्मेवारीलाई म हल्का रूपमा लिन सक्दिँन ।’

सिनेमाको निर्माणका बारेमा कुरा गर्दै अयान मुखर्जीले भने, ‘वार २’ बनाउँदा दर्शकहरूले पूर्ण थ्रिएट्रिकल अनुभव पाउन भन्ने कुरामा विशेष ध्यान दिइएको छ । एक्सन सेट र कथालाई पूर्ण बनाउन धेरै समय खर्च गरिएको छ । जुन ऋतिक र जूनियर एनटीआरबीच आमने सामने हुने एक्सन दृश्य सबैभन्दा महत्त्वपूर्ण थियो । ‘वार २’ एउटा यस्तो सिनेमा हो जसले सिंगो भारतीय सिनेमालाई एकसाथ ल्याउँछ । जसमा दुई ठूला उद्योगका ठूला सुपरस्टार एकसाथ आउँदैछन् । हामीलाई पहिले नै थाहा थियो कि यो सिनेमाबाट दर्शकको धेरै अपेक्षा हुनेछ । त्यसकारण, हाम्रो सम्पूर्ण ध्यान दर्शकहरूलाई थिएटरभित्र जीवनभरको अनुभव कसरी दिने भन्नेमा थियो ।’

आदित्य चोपडाको लगानीमा निर्माण भएको ‘वार २’ लगभग तयार भइसकेको छ । यो सिनेमा आगामी १४ अगष्टमा विश्वव्यापी रिलिजको तयारीमा छ । सिनेमाको टिजर केही दिन अघि रिलिज भएको थियो । यसलाई दर्शकले अत्याधिक मन रुचाएका थिए । अब सिनेमालाई दर्शकले सिनेमालाई कति माया दिन्छन् । त्यो हेर्न बाँकी नै छ । तर, यस वर्षको सवैभन्दा ठुलो ओपनिङ गर्ने सिनेमा बन्ने निश्चित छ ।