असार १३ शुक्रबार नेपाल रिलिज हुने ‘सितारे जमिन पर’ले भारतमा कस्तो गर्यो व्यापार ?

असार १३ शुक्रबार नेपाल रिलिज हुने ‘सितारे जमिन पर’ले भारतमा कस्तो गर्यो व्यापार ?

द सिनेमा टाइम्स
329
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बलिउड सुपरस्टार आमिर खानकोे मुख्य भूमिका रहेको सिनेमा ‘सितारे जमिन पर’ले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । यो सिनेमाले व्यापारसँगै समीक्षा समेत राम्रो पाइरहेको छ । बलिउडमा राम्रो समीक्षा पाएसँगै आगामी शुक्रबारबाट यो सिनेमा नेपाली हलमा समेत रिलिज हुने पक्का भएको हो ।

बलिउड अभिनेता आमिर खानको होम प्रोडक्सनको सिनेमा ‘सितारे जमीन पर’ले पहिलो वीकेण्डमा ५७.३ करोड कमाई गरेको छ ।यो सिनेमाले वीकेण्ड पश्चातमा वीक डेजमा समेत राम्रो व्यापार गरिरहेको छ । सिनेमाले पाएको उत्कृष्ट प्रतिक्रियाको प्रभाव बक्सअफिसमा देखिएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका छन् ।

पहिलो दिन शुक्रबार १० करोड ७० लाख, शनिबार १९ करोड ९० लाख कमाएको सिनेमाले आइतबार २६ करोड ७० लाख र सोमबार ८ करोड ५० लाख र मंगलबार ८ करो ६० लाख भारतीय रूपैयाँ कमाएको छ । यो सिनेमाले रिलिजको पाँच दिनमा भारतमा ७४ करोड ४० लाख भारतीय रूपैयाँ कमाई गरेको हो ।

सिनेमाको विश्वव्यापी कमाई भने पाँच दिनमा करिब १ सय १० करोड कटाएको भारतीय सञ्चारमाध्यम बलिउड हंगामाले उल्लेख गरेको छ । यो सिनेमालाई समीक्षकबाट राम्रो रेटिङसहित दर्शकको ‘वर्ड अफ माउथ’ पनि राम्रो मिलिरहेको छ । स्पोटसर्् कमेडी ड्रामा जनरामा निर्माण भएको ‘सितारे जमीन पर’ आरएस प्रसन्नले निर्देशन गरेका हुन् ।

सिनेमामा आमिरसहित जेनेलिया देशमुख मुख्य भूमिकामा छिन् । एप्पल इन्टरटेनमेन्टले यो सिनेमालाई असार १३ गते पर्सी शुक्रबारदेखि नेपालमा रिलिज गर्न लागेको हो । अघिल्लो हप्ता मंहगो पैसा तिर्न तयार नभएका नेपाली वितरक समीक्षकबाट राम्रो प्रतिक्रिया पाएसँगै सस्तो मुल्यमा यो सिनेमालाई नेपालमा प्रदर्शन गर्न लागेका हुन् ।