रणवीर र यशको लुक्ससहित ‘रामायण’को टाइटल भिडियो र पोस्टर सार्वजनिक

रणवीर र यशको लुक्ससहित ‘रामायण’को टाइटल भिडियो र पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र साई पल्लवी अभिनित बहुप्रतिक्षित सिनेमा ‘रामायण’को टाइटल भिडियो र पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा रणवीर कपूरलाई रामको अवतारमा देख्न सकिन्छ । उनको पृष्ठभूमिमा घाम र बादल देख्न सकिन्छ । पोस्टरमा रणवीर धनुष समातेको योद्धाको रूपमा देखिएका छन् ।

सिनेमाको टाइटल भिडियो टिजरमा रणबीर कपूरसहित यशको लुक्स पनि देखिएको छ । भिडियोमा राम र रावणको लडाईं प्रथामिकता दिइएको छ । रणबीर जंगलमा रूख चढेर धनुष हानेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा फ्यानहरूले रणबीर र यशको लुक्स मन पराइरहेका छन् । निर्माण घोषणादेखि नै चर्चामा रहेको सिनेमाको टाइटल भिडियो रिलिज भएसँगै चर्चा थप चुलिएको हो ।

सिनेमामा साई पल्लवीले माता सीताको भूमिका निर्वाह गर्दैछिन् । रणबीर कपूर, यश र साई पल्लवी बाहेक सिनेमामा सनी देवलले हनुमान, रवि दुबेले लक्ष्मण, रकुल प्रीत सिंहले शूर्पणखा, काजल अग्रवालले मन्दोदरी र लारा दत्ताले कैकेयीको भूमिका निर्वाह गरेकी छिन् । श्रीधर राघवनको लेखन रहेको सिनेमाका सह-निर्माता चर्चित दक्षिण भारतीय अभिनेता यश हुन् ।

यो सिनेमालाई नितेश तिवारीले निर्देशन गरेका हुन् । नमित मल्होत्राले निर्माण गरेको सिनेमाको लगानी करिब ५ देखि ६ सय करोडको बजेटमा बनिरहेको छ । सिनेमाको पहिलो भाग २०२६ को तिहारमा रिलिज हुनेछ भने दोस्रो भाग २०२७ को तिहारमा रिलिज हुनेछ ।