द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले आज आफ्नो ४० औं जन्मदिन मनाउँदैछन् । यो अवसरमा रणवीरले आफ्ना फ्यानहरूलाई ठूलो उपहार दिएका छन् । रणवीर सिंहको नयाँ सिनेमा ‘धुरन्धर’को टिजर रिलिज भएको छ । यो रणवीरका फ्यानका लागि ठूलो उपहार हो ।
यो सिनेमाको टिजरमा रणवीर सिंह शक्तिशाली भूमिकामा देखिएका छन् । उनको लुकदेखि एक्सनसम्म टिजरमा अद्भुत देखिन्छ । टिजर रिलिज भएपछि फ्यानहरू रणवीरको लागि उत्साहित देखिएका छन् । २ मिनेट ३९ सेकेण्डको टिजर आर माधवनको भ्वाइस ओभरबाट सुरु हुन्छ ।
यो टिजरले सिनेमाको कथा एक गोप्य मिसनमा आधारित रहेको संकेत गर्छ । जसमा रणवीर सिंह सम्भवतः एक गोप्य एजेन्टको भूमिकामा देखिएका छन् । टिजरमा सिनेमाका अन्य कलाकारहरू आर माधवन, अक्षय खन्ना, संजय दत्त र अर्जुन रामपाल पनि देखिएका छन् । यो सिनेमा आगामी डिसेम्बर ५ बाट विश्वव्यापी रिलिज हुँदैछ ।
सिनेमाको टिजरमा रणवीर सिंहको भूमिकाबाहेक कसैले लुक्सबाट अचम्मित पारेको छ भने त्यो हो आर माधवनको लुक्स । टिजरमा माधवनलाई चिन्न गाह्रो छ । उनी कोट-प्यान्ट लगाएका र तालु खुइलिएको लुक्समा देखिएका छन् । यसबाहेक अक्षय खन्नाको लुक पनि बलियो देखिन्छ । ‘छावा’मा औरंगजेब पछि अक्षय खन्ना फेरि एक पटक आफ्नो लुक्सले फ्यानलाई प्रभावित बनाएका छन् ।
आदित्य धर निर्देशित ‘धुरन्धर’मा स्टारकास्ट बलियो लाइनअप देखिनेछ । रणवीरसहित संजय दत्त, अक्षय खन्ना, आर माधवन र अर्जुन रामपाल मुख्य भूमिकामा छन् । यसबाहेक यामी गौतम पनि सिनेमामा हुने सम्भावना छ । रणवीर केही समयदेखि ‘धुरन्धर’का समाचारले चर्चामा थिए ।
सुटिङ सेटबाट उनका भिडियो पनि बाहिर आएका थिए । जसमा रणवीर सिंह लामो कपाल र बलियो शरीरको लुकमा देखिएका थिए । यी भिडियोहरू बाहिर आएदेखि नै फ्यानहरू रणवीरको यो लुकलाई लिएर उत्साहित थिए ।


प्रतिक्रिया