द सिनेमा टाइम्स, काठमाडौं । कन्नड सिनेमाका चर्चित अभिनेता ऋषभ शेट्टी अभिनित तथा निर्देशित सन् २०२२ मा रिलिज भएको ब्लकबस्टर सिनेमा ‘कान्तारा’ प्रिक्वेल तीन वर्षपछि आउँदैछ । अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने कन्नड सिनेमामध्ये एक ‘कान्तारा’ हो । यो थ्रिलर जनरामा निर्माण भएको सिनेमाको घोषणा पहिले नै भइसकेको भएपनि सोमबाट परेको ऋषभ शेट्टीको जन्मदिनमा पोस्टर सार्वजनिक भएको छ ।
ऋषभ शेट्टी एक अभिनेतासँगै निर्देशक र निर्माता पनि हुन् । उनले आफ्नो वास्तविक पहिचान ‘कान्तारा’बाट पाएका थिए । जसमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए । उनले यसको निर्देशन पनि गरेका थिए । अब उनी ‘कान्तारा’को प्रिक्वेल लिएर आउँदैछन् जसको नाम ‘कान्ताराः च्याप्टर १’ राखिएको छ ।
गत वर्ष नोभेम्बरमा ‘कान्ताराः च्याप्टर १’को ऋषभ शेट्टीको पोस्टर रिलिज भएको थियो । यो पोस्टरमा अभिनेता शेट्टी देखिए, तर पछाडिबाट । अब उनको अगाडिको लुक्स सार्वजनिक भएको छ । ऋषभ शेट्टीको जन्मदिनमा ‘कान्ताराः च्याप्टर १’को नयाँ पोस्टर रिलिज गरिएको छ । जसमा अभिनेता एक शक्तिशाली अवतारमा देखिएका छन् ।
पोस्टरमा ऋषभ शेट्टीको लुक निकै आकर्षक छ । एक हातमा बन्चरो र अर्को हातमा ढाल लिएर, ऋषभ भालाले आफूलाई बचाउँदै र दन्किरहेको आगोको बीचमा लडिरहेको देखिन्छ । यो पोस्टर सेयर गर्दा क्याप्सनमा लेखिएको छ, ‘जहाँ किंवदन्तीहरू जन्मन्छन् र जंगली जनावरहरूको गर्जन गुन्जिन्छ ।’
निर्माताको पोस्टमा थप लेखिएको छ, ‘कान्तारा लाखौंलाई प्रेरित गर्ने प्रतिष्ठित उत्कृष्ट कृतिको पूर्ववर्ती हो । लेजेन्ड्स पछाडिको शक्ति, ऋषभ शेट्टीलाई दिव्य र गौरवशाली जन्मदिनको शुभकामना ।’ एक दिव्य सिनेमाको बहुप्रतिक्षित प्रिक्वेल । यो पोस्टर हेरेपछि सिनेमाप्रति मानिसहरूको उत्साह अझ बढेको छ ।
सिनेमाको कथा पञ्जुर्ली र गुलिगा देवताहरूको उत्पत्ति र उनीहरू बीचको सम्बन्धमा आधारित हुनेछ । ‘कान्ताराः च्याप्टर १’ हेर्नको लागि तपाईंले अझै तीन महिना कुर्नुपर्नेछ । यो सिनेमा गान्धी जयन्ती अर्थात् २ अक्टोबर २०२५ मा विश्वव्यापी सिनेमाघरमा रिलिज हुनेछ ।



प्रतिक्रिया