पल र बेनिशा फिचर्ड ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक

पल र बेनिशा फिचर्ड ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द रचना तथा एसडी योगीको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल फिचर्ड छन् । गीतको भिडियोमा यी दुई कलाकार छमछमी नाचेका छन् । भिडियोमा दुइको नोकझोक पनि देखिन्छ । यसले, सिनेमा भित्र पल र बेनिशाको केमेष्ट्री कस्तो छ भन्ने पनि देखाएको छ । यसअघि सार्वजनिक सिनेमाको शिर्षक गीतमा अभिनेता पल शाह र अभिनेत्री नीति शाहको जोडीलाई देखाइएको थियो ।

फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको सोमबार सार्वजनिक गीतको भिडियोमा पलले लामो कपाल पालेका छन् । गीतको भिडियोमा सिनेमाकी मुख्य कलाकार मिथिला शर्मा र बाल-कलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ । सिनेमाका निर्माता चुम्बन जंग शाही हुन् । सिनेमामा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ ।

सिनेमामा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ । सिनेमाको टिजर तथा पहिलो गीतले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ । देउकी प्रथाको कथामा निर्माण भएको सिनेमामा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन छ । लक्ष्मण राज पौडेल निर्माण नियन्त्रक रहेको यो सिनेमाको आज सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।