दुर्गेश र सिसनको ‘जाने भए जाम माया’ले युट्युब भ्युजमा रच्यो कीर्तिमान

दुर्गेश र सिसनको ‘जाने भए जाम माया’ले युट्युब भ्युजमा रच्यो कीर्तिमान

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बुधबार सार्वजनिक गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युब भ्युजमा कीर्तिमान रचको छ । यो गीतको लागि उनले भ्लगर सिसन बानियाँसँग सहकार्य गरेका थिए । जसले हालसम्म १७ लाख भन्दा बढि दर्शकको साथ पाएको हो । सार्वजनिक गीतले यो कीर्तिमान २४ घण्टा पनि नबित्दै बनाएको छ ।

यसअघि २४ घण्टामा सर्वाधिक भ्युज पाउने गीतको कीर्तिमान गायिका बिष्णु माझिको नाममा थियो । गत वर्षको तीजमा सार्वजनिक ‘आइन आमा यो तीजमा’ बोलको गीतले २४ घण्टामा करिब १५ लाख भ्युज पाएको थियो । त्यसको १ वर्ष नबित्दै दुर्गेशको गीतले त्यो कीर्तिमानी रेकर्ड तोडेको हो ।

हाल यो गीत युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको शिर्ष स्थानमा छ । दुर्गेश थापाले भ्लगर सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यमा यो गीत बजारमा ल्याएका हुन् । सामाजिक सञ्जालमा चर्चामा रहेकी गुराँस नानीलाई फिचर्ड गर्दै तयार पारिएको यो गीत डान्सिङ नम्बरका रुपमा तयार पारिएको छ ।

यो गीतको शब्द, संगीत र संगीत संयोजन दुर्गेश स्वयंको हो । स्वरमा पनि दुर्गेश र सिसनले सहकार्य गरेका छन् । उनीहरु सहित अल्हाजी गेरोले समेत गीतमा स्वर दिएका छन् । भिडियोमा दुर्गेश, सिसन र गुँरास नानीसँगै अन्य कलाकारहरू पनि देखिएका छन् । शिव विकको कोरियोग्राफी रहेको गीतमा हरि हुमागाईंको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।