द सिनेमा टाइम्स, काठमाडौं । मोहित सुरी निर्देशित सिनेमा ‘सैयारा’ले बलिउड बक्सअफिसमा सनसनी मच्चाएको छ । अहान पाण्डे र अनीत पड्डा अभिनित सिनेमाले यो वर्षको उत्कृष्ट ओपनिङ सिनेमाको सूचीमा आफ्नो नाम दर्ता गरेको छ । ‘सैयारा’ले अमिर खानको ‘सितारे जमीन पर’ तथा अजय देवगणको ‘रेड २’ जस्ता धेरै हिट सिनेमाको कमाईलाई उछिनेको हो ।
यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको यो रोमान्टिक सिनेमाको बलिउडकर्मी माझ चर्चको शिखरमा छ । यो सिनेमाबाट डेब्यू गरेका कलाकार अहान र अनीतको पनि चर्चा भइरहेको छ । ‘सैयारा’मा अहान र अनितको प्रेमकथा देखाइएको छ । जसले विभन्न उतारचढावको सामना गर्छ । सोही कारण दर्शकले सिनेमाको कथासँग विशेष सम्बन्ध महसुस गर्छन् । जसले गर्दा दर्शकहरुको चाप हलमा देखिरहेको छ ।
सिनेमालाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । दर्शकमाझ देखिएको ‘सैयारा’ क्रेजलाई ध्यानमा राख्दै अगामी शुक्रबार प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सन अफ सरदार २’को रिलिज मिति परिवर्तन गरिएको छ । ‘सैयारा’को क्रेज देखेपछि निर्माताले यो निर्णय गरेको बलिउड मिडियाले उल्लेख गरेका छन् ।
सिनेमाले बक्सअफिसमा सुनामी ल्याएसँगै यो सिनेमाबाट डेब्यू गरेका अभिनेता अहान पाण्डेको बारेमा जान्न दर्शकमा उत्सुकता देखिएको छ । अहान पाण्डेले बलिउडका सफल कलाकार चंकी पाण्डेका भाइका छोरा हुन् । यति मात्रै नभई कलिउडकी अर्की सफल अभिनेत्री अनन्या पाण्डेका दाजुको रुपमा समेत अहानलाई चिन्ने गरिन्छ । सैयाराबाट अहानको डेब्यू शानदार भएको छ ।
यो सिनेमाले भारतमा पहिलो दिन नै २१ करोड २५ लाखको नेट कलेक्शन गरेको बलिउड ट्रेड एनालिस्ट तरर्ण आर्दशले जानकारी दिएका छन् । दोस्रो दिनपनि हलमा सिनेमाको क्रेज उच्च देखिन्छ । शनिबार पनि यो सिनेमाले २४ करोड बढि नेट कलेक्सन गरेको अपेक्षा गरिएको छ ।


प्रतिक्रिया