‘कुली: द पावर हाउस’को ट्रेलर सार्वजनिक, रजनीकान्तको एक्शन अवतारले मच्चायो तहल्का

‘कुली: द पावर हाउस’को ट्रेलर सार्वजनिक, रजनीकान्तको एक्शन अवतारले मच्चायो तहल्का

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं । तमिल सुपरस्टार रजनीकान्त अभिनीत बहुप्रतीक्षित एक्शन सिनेमा ‘कुली: द पावर हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सन पिक्चर्सको ब्यानरमा बनेको यो फिसिनेमालाई लोकेश कनागराजले निर्देशन गरेका हुन्, भने संगीतमा अनिरुद्ध रविचन्द्रनको दमदार प्रभाव छ ।

ट्रेलरको सुरुवात रजनीकान्तको पावरफुल इन्ट्रीसँगै हुन्छ । हातमा हतौडा, आँखामा आँधी र संवादमा आक्रोश – ‘म कुली हुँ, तर मेरो इज्जत कोही कुलीझैं नतोल’ भन्ने संवादले ट्रेलरमा ऊर्जा थपेको छ । यसमा देखिएको मेट्रो सिटीको ब्याकड्रप, स्टाइलिश एक्सन र डार्क-ग्रिटी सिनेमाटोग्राफीले ‘कुली’लाई मास-एक्सन लुक दिएको छ ।

सिनेमाको ट्रेलरमा रजनीकान्तको यंग-एनर्जेटिक लुक देखिएको छ, जसले दर्शकमा ८० को दशकको ‘कुली’ सम्झना गराउँछ तर आधुनिक स्वादमा । सिनेमाले वर्गसंघर्ष, श्रमिक अधिकार र बदला लिने कथालाई स्पेसियल इफेक्ट्स र आधुनिक एक्सन शैलीमा प्रस्तुत गर्ने संकेत ट्रेलरमै देखिन्छ ।

सिनेमामा रजनीकान्तसहित तेलुगु सुपरस्टार नागार्जुन, सत्यराज, कन्नडा रियल स्टार उपेन्द्र र श्रुति हासनको अभिनय रहनेछ भने आमिर खानको यसमा अद्भुत भूमिका छ । कुलीको ट्रेलरको बारेमा कुरा गर्दा, कथा के हुनेछ भन्ने बारेमा धेरै खुलासा गरिएको छैन, जसले गर्दा सिनेमा हेर्ने सस्पेन्स कायमै छ ।

कलानिथी मारनको लगानी रहेको सिनेमा अगामी अगष्ट १४ तारिखबाट विश्वव्यापी प्रदर्शनमा आउनेछ । सिनेमाको ट्रेलरले रजनीकान्त फ्यानहरूमा उत्साह थपेको छ भने बलिउड र साउथ सिनेमा दर्शकहरूको एकता झल्काउने प्रतीक्षा पनि निर्माण टिमलाई गराएको छ ।