‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा कोरिया सपना र ठगीको कथा

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा कोरिया सपना र ठगीको कथा

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रम बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि सिनेमाको मुख्य पात्रले गर्ने संघर्ष छ ।

कोरिया जान नसकेपछि काठमाडौं छटपटिएर बसिरहँदा भेटिने मिरुना मगर र उनीसँगको प्रेम, दिदी केकी अधिकारीलाई भिनाजुले दिने दुःखलगायतका दृश्यले दर्शकको मन जित्छ । पारिवारिक कथामा बनेको निम्नमध्यम वर्गिय आम नेपालीको कथामा सिनेमा बनेको ट्रेलरले देखाएको छ । त्यसैले आम नेपालीले सिनेमा मन पराउनेमा निर्माणपक्षको पूर्ण विश्वास छ ।

सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको सिनेमाको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । राउतले यसअघि ‘प्रेमगीत ३’मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् ।

आम नेपाली समाजमा गहिरो गरी गुञ्जिरहेको भावनात्मक र सामाजिक यथार्थमा आधारित रहेको सिनेमामा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने तथा कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।