आशान्त शर्मा निर्देशित ‘ताराहरू’को ट्रेलर सार्वजनिक

आशान्त शर्मा निर्देशित ‘ताराहरू’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आशान्त शर्मा निर्देशित सिनेमा ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मध्यमवर्गीय परिवारले सहरमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ ।

सिनेमाको मुख्य भूमिकामा निर्देशक आशान्त शर्मा र अभिनेत्री मेनुका प्रधान छन् । सिनेमामा अन्य कलाकारहरूमा आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

यसअघि सिनेमाको ‘ऐया नि हो’, ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीत र टिजर सार्वजनिक भइसकेको छ । निर्देशक शर्माकै कथा रहेको सिनेमा आगामी भदौ ६ देखि प्रदर्शनमा आउनेछ ।

वेज प्रालिको प्रस्तुति रहेको सिनेमाका निर्मातामा गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा तथा सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन् । सरद महतोले छायांकन गरेको सिनेमा विनोद पाण्डेको सम्पादन छ ।