द सिनेमा टाइम्स, काठमाडौं । अगस्ट १० गते बाल्टिमोरबाट सुरु हुने साङ्गीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’का लागी गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अमेरिका पुगेका छन् । कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको र भव्य बनाउन कुनै कसर बाँकी नराखेको थ्री ई इन्टरटेन्मेन्टले जनाएको छ ।
ओनेस्ट रियल इस्टेटद्वारा प्रस्तुत र थ्री ई इन्टरटेन्मेन्टद्वारा व्यवस्थापन गरिने यो यात्रा अगस्ट १० गते बाल्टिमोर, अगस्ट १५ गते बोस्टन, अगस्ट १६ गते ब्रान्फोर्ड, अगस्ट २४ गते फिलडेल्फिया, अगस्ट २९ गते ह्यारिसबर्ग, अगस्ट ३० गते न्युयोर्क पिट्स्बर्ग, सेप्टेम्बर ५ गते सार्लेट, सेप्टेम्बर ७ गते मुल्वौकी, सेप्टेम्बर १३ गते नेब्रास्का, सेप्टेम्बर २० गते सेन्ट लुइस, सेप्टेम्बर २७ गते डालस, सेप्टेम्बर २८ गते ओकेसी लगायत २० भन्दा बढी शहरमा तय भइसकेको छ ।
‘सोलफुल युएसए यात्रा’ घोषणा भए पस्चात आफूहरूलाई निकै नै उत्साहित प्रतिक्रियाहरू आइरहेको र अमेरिकामा रहेका नेपालीहरू माझ प्रस्तुति दिन पाउँदा निकै नै हर्षित रहेको महेश काफ्लेले बताए । महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू हिट छन्।
थ्री ई इन्टरटेन्मेन्टले धेरै ठुला कन्सर्ट, टुर र सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएको छ।


प्रतिक्रिया