द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘अभिमन्यु : च्याप्टर-१’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी लवजमा तयार भएपनि नेपाली भाषा प्रयोग गरिएको यो गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ भने संगीत संयोजन विषम आचार्यले गरेका छन् । गीतमा जुना सुन्दासको आइटम डान्स रहेको छ भने कोरियोग्राफी रोहन विश्वकर्माले सम्हालेका छन् ।
भोजपुरी गीतजस्तै नृत्य शैली र कोरियोग्राफीमा तयार पारिएको ‘लड्की गोरी’मा युवायुवतीबीचको आकर्षणलाई प्रस्तुत गरिएको छ । सिनेमाको कथा तराई क्षेत्रसँग सम्बन्धित भएकाले त्यहाँ प्रचलित भोजपुरी शैलीलाई अपनाइएको निर्माण टिमले जनाएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति ‘अभिमन्यु : च्याप्टर-१’ भदौ २७ गते नेपालीमा र असोज ६ (सेप्टेम्बर २२) मा हिन्दी भर्सन विश्वव्यापी रूपमा रिलिज हुने छ । फिल्मको कथा पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेको र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षमा आधारित छ।
सुशान्त गौतमको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय छ । मुकेश खनालको लेखन, मदन थापाको क्रिएटिभ निर्देशन, शरद महतोको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स र सुप्रिम पराजुलीको रंग संयोजन रहेको छ ।
सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह-निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।


प्रतिक्रिया