‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’मा रोमान्टिक देखिए प्रकाश र स्वस्तिमा

‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’मा रोमान्टिक देखिए प्रकाश र स्वस्तिमा

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपातीमा रिलिज हुने सिनेमा ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ । सिनेमाका मुख्य अभिनेता समेत रहेका गायक प्रकाश सपुत र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘बेला बितेसी’मा गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् ।

सार्वजनिक गीतमा यायक सपुतको शब्द तथा संगीत र श्याम स्वेत रसाईलीको मिक्सिङ्ग र मास्टरिङ्ग छ । यो गीतमा गायक सपुतले आफ्नो मौलिकपनको आभाष गराएका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियो रोमान्टिक शैलीमा निर्माण गरिएको छ । भिडियोमा प्रकाश र स्वस्तिमाको प्रेम देख्न सकिन्छ । सार्वजनिक गीतको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका हुन् ।

दिपेन्द्र के खनाल निर्देशित सिनेमामा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमालाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको सिनेमाको सम्पादन नकुल खड्काले गरेका छन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको सिनेमामा आशिष अविरल, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।