द सिनेमा टाइम्स, काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’ यही भदौ ६ गतेबाट रिलिज हुँदैछ । यो उनको पहिलो सोलो लिड भूमिका रहेको सिनेमा हो ।
केदारले यसअघि थुप्रै सिनेमामा काम गरिसकेका छन् । तर, उनी मुख्य भूमिका रहेको सिनेमा भने यो पहिलो हो । यतिबेला केदार आमाबुवाको आशिर्वाद लिन हेटौंडा पुगेका छन् ।
केदार आफ्ना हरेक सिनेमा रिलिज हुनुभन्दा अगाडि आमाबुवाको अशिर्वाद लिन्छन् । यसका लागि उनी हेटौंडा जान्छन् । उनका बुवाआमा हेटौँडामा बस्दै आएका छन् ।
सहायक भूमिकामा रहँदासमेत बाबुआमाको आशिर्वाद लिने केदार लिड भूमिकामा रहेको सिनेमा रिलिज हुँदा त जाने नै भए ।
केदार घिमिरेको पहिलो सोलो लिड रहेको सिनेमा ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदैछ । ऋषि लामिछानेको निर्देशन रहेको यो सिनेमा वर्षकै प्रतिक्षित सिनेमा हो ।
कमेडी जनरामा रहेको यो सिनेमाले दर्शकलाई हसाउँदै गम्भीर सन्देश पनि दिने केदार बताउँछन् । मनोरञ्जनसँगै सन्देश पनि दिने ‘माग्ने राजा’ पूर्ण प्याकेज भएको ऊनी बताऊ छन ।
सिनेमाले देशको सामाजिक, आर्थिक र राजनीतिक परिस्थिति देखाउने बताइएको छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
नरेन्द्र मैनालीले खिचेको सिनेमा लाई आरआर फिल्मसले वितरण गर्नेछ । सिनेमामा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।


प्रतिक्रिया