द सिनेमा टाइम्स, काठमाडौं । ‘पहिले साउथ र हिन्दी सिनेमा हेर्ने मान्छे अहिले समीर नेपाली सिनेमा क्षेत्रमा आएदेखि पहिलो चोटी होला नेपाली सिनेमाको धेरै पखाईमा बस्न थालेका छन्,’ सिनेमा ‘बलिदान’को टिजर हेरेर युट्युबमा धन साउद नाम गरेका दर्शक लेख्छन् ।
गत शनिबार सिनेमा ‘बलिदान’को टिजर सार्वजनिक भएपछि दर्शकले प्रशंसामा कमेन्ट गरिरहेका छन् । ‘राम्रोलाई राम्रो भन्नु पर्छ । अब धेरै पछि हलमा गएर यो बलिदान फिल्म हेरिन्छ’ डम्बर कार्कीले कमेन्ट गरेका छन् ।
‘बलिदान’को टिजरमा समीर भट्ट, सौगात मल्ल लगायतको एक्सन छ । एक्सनले भरिपूर्ण टिजरमा देश प्रेमको कथा छ । देशलाई बैरीबाट बचाउनका लागि गरिएको संर्घष र द्वन्द्व छ । यसलाई दर्शकले मन पराइरहेका छन् ।
प्रकाश नाम गरेका दर्शक लेख्छन्, ‘समीर भट्टलाई हामीले साथ दिनुपर्छ । समीरको हौसला जगाउनु पर्छ । नेपाली सिनेजगतमा एक मात्र सुपरस्टार बन्न लायकको हिरो भनेकै समीर भट्ट हो ।’
समीर र सौगात मात्रै होइन दर्शकले युट्युबमा निर्देशक सन्तोष सेनको पनि उत्तिकै तारिफ गरिरहेका छन् । एक्सन सिनेमाका लागि ठूलो बजेट लगानी गरेको भनेर तारिफ सन्तोषको तारिफ गरिरहेका छन् ।
सन्तोष ‘बलिदान’को निर्देशक मात्रै होइनन्, कलाकार पनि हुन् । उनलाई टिजरमा पनि देख्न सकिन्छ । उनलाई टिजरमा आदिबासी समुदायको लिड गरिरहेको देखिन्छ । आदिबासीको क्यारेक्टरमा उनलाई फरक अवतारमा देख्न सकिन्छ ।
‘लौ अब खायो नेपाली सिनेमा जगत हाम्रो सुदूरपश्चिमको हिरो समीर भट्टले, ‘राजेन्द्र ताम्राकार टिजर हेरेपछि प्रतिक्रिया दिन्छन्, ‘यत्तिको राम्रो सिनेमा बनाउने निर्माता सन्तोष सेनजीलाई पनि बधाई छ । साउथ र हिन्दीमा मात्रै देखिने एक्सन अब नेपाली सिनेमामा देखिने भयो ।’
आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ ।
सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता प्रेम पुरी हुन् । ‘बलिदान’लाई नेपाली सिनेमाको इतिहासमै ‘साहसी कदम’को रूपमा स्मरण गरिने अपेक्षा गरिएको छ ।
दसैँको फूलपातीमा रिलिज हुने ‘बलिदान’ वर्षकै प्रतिक्षित सिनेमा हो । टिजरले ‘बलिदान’लाई थप प्रतिक्षित बनाएको छ ।



प्रतिक्रिया