द सिनेमा टाइम्स, काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘माग्ने राजा’ले उत्साहजनक ओपनिङ गरेको छ । दिउँसो १२ बजेसम्म ४०/५० प्रतिशत अकुपेन्सी रहेको सिनेमाले त्यसपछि गति लिएको छ ।
१२ बजेपछिका अधिकांश शो हाउसफूल भएको निर्माणपक्षले जनाएको छ । ‘देशभरका शो १२ बजेपछि हाउसफूल भएको छन्,’ निर्देशक ऋषि लामिछानेले भने, ‘१२ बजेपछि पिकअप लियो । बिहानको शोमा आएका दर्शकले राम्रो रिभ्यू दिएपछि सिनेमा हेर्ने दर्शकको संख्या त्यसपछि बढ्यो ।’
अधिकांश दर्शकले सिनेमाले हसाउँदै सन्देश पनि दिएको भनेका छन । धेरै पंछी कमेडी सिनेमा हेर्न पाएको भन्दै दर्शकले निर्माण टिमलाई धन्यावाद दिइरहेका छन ।
‘शनिबारका देशभरका शोमा अहिले नै राम्रो बुकिङ देखिसकेको छ । यसले भोलि सिनेमा हाउसफूल हुने संकेत देखिएको छ,’ निर्देशक लामिछानेले भने, ‘हामी हलहलमा पुगेर दर्शकको प्रतक्रिया लिइरहेका छौँ । सबैले राम्रो भन्न्नुभएको छ । उसले आठ वर्षपछिको फिचर फिल्मको कमब्याक सफल भएको महसुस मैले गरेको छु ।’ उनले सिनेमाले भरपुर हसाउँने आफ्नो टिमको उद्देश्य सफल भएको बताए ।
‘माग्ने राजा’ केदार घिमिरेको पहिलो सोलो लिड रहेको सिनेमा हो । केदार घिमिरे, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् । केदार, वर्षा, निर्देशक ऋषिलगायत आज दिनभर हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझेका थिए ।
सिनेमाले देशको सामाजिक, आर्थिक र राजनीतिक परिस्थिति देखाउने बताइएको छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् ।
नरेन्द्र मैनालीले खिचेको सिनेमा लाई आरआर फिल्मसले वितरण गरेको छ । सिनेमामा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।


प्रतिक्रिया