सन्तोष सेन चरित्र निर्माणमा पनि उत्तिकै कुशल

सन्तोष सेन चरित्र निर्माणमा पनि उत्तिकै कुशल


द सिनेमा टाइम्स, काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेन आफ्नो सिनेमाको हाइपलाई सजिलै हाइट दिनसक्ने सिनेमाकर्मी हुन् । सिनेमा जस्तो होस्, निर्माण घोषणा हुँदैदेखि उनी त्यसलाई प्रतिक्षित बनाउँछन् । यो उनको खुबी हो ।

प्रतिक्षित भएपछि व्यापार राम्रो गर्दै सिनेमा सफल हुन्छ नै । उनका सिनेमाले इनिसियल व्यापार हाइपकै कारण पनि राम्रो गर्छन् ।

सिनेमा मेकिङ र त्यसको पब्लिसिटीमा मात्रै होइन उनी चरित्र निर्माणमा पनि कुशल देखिएका छन् । उनको सिनेमा ‘बलिदान’को टिजरमा उनको क्यारेक्टर एक्स्ट्रा देखिएको छ ।

आदिबासी चरित्रमा टाउकोको अघिल्लो भागको कपाल खौरिएर पछाडि डेडलक बाँधेर अनुहारमा रातो पोतेर अनौठो गेटअपमा देखिएको चरित्र सन्तोष सेनको हो । उनले यो चरित्र निर्माणमा मेहनत गरेको देखिन्छ ।

चरित्र निर्माणमा कष्ट्युम डिजाइनर र मेकअप आर्टिस्टको ठूलो हात पक्कै होला तर अभिनय गर्ने कलाकार र निर्देशकका हिसावले यसको मुख्य श्रेय सन्तोषकै पोल्टामा जान्छ । यसले उनी निर्माता, निर्देशक र पब्लिसिटी डिजाइनमा मात्रै होइन चरित्र निर्माणमा कुशल देखिएका छन् ।

उनको यो चरित्र आकर्षक देखिएको छ । उनले आदिबासीको लिड गरेका छन् । खलपात्रका रुपमा उनी देखिएका छन् ।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेनलगायत कलाकारको अभिनय रहेको छ ।

सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता प्रेम पुरी हुन् । ‘बलिदान’लाई नेपाली सिनेमाको इतिहासमै ‘साहसी कदम’को रूपमा स्मरण गरिने अपेक्षा गरिएको छ ।

दसैँको फूलपातीमा रिलिज हुने ‘बलिदान’ वर्षकै प्रतिक्षित सिनेमा हो । टिजरले ‘बलिदान’लाई थप प्रतिक्षित बनाएको छ ।