अनमोलको ‘जेरी अन टप’ टिजरले विश्वभर जमायो प्रभाव, दर्शकको उत्कृष्ट प्रतिक्रिया

अनमोलको ‘जेरी अन टप’ टिजरले विश्वभर जमायो प्रभाव, दर्शकको उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असोज ३१ ग्तेबाट प्रदर्शनमा आउने अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’को टिजरले युट्युबमा सुनामी ल्याएको छ । यो टिजर रिलिजको पाँच दिनमा युट्युबमा मात्र १५ लाख ५१ हजार बढी अर्गानिक भ्यूजसहित विश्वभर आफ्नो प्रभाव जमाएको छ ।

यतिबेला सिनेमाको टिजर नेपालसहित एक दर्जन बढी देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा स्ट्रिमिङ भइरहेको छ । नेपालमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको टिजर अष्ट्रेलिया, जापान, माल्टा, कतार, यूएइ, साउदी अरब, कुबेत लगायतका देशमा पनि ट्रेन्डिङमा परेको छ । यसले विश्वभर सिनेमाको पर्खाइ उच्च रहेको दर्शाउँछ ।

यो सिनेमाको टिजरप्रति विश्वव्यापी आकर्षण देखिनुको मुख्य कारण उत्कृष्ट मेकिङ र अनमोलको क्रेजलाई मानिएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाको टिजरमा समावेश सगरमाथाका दृश्यहरू, ब्याकग्राउन्ड म्युजिक, सिनेमेटोग्राफी, भिएफएक्स लगायतको पाटोलाई दर्शकले उच्च प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जाल युट्युबमा टिजर हिट भएपछि अनमोलले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै दर्शकहरूको प्रेमले आफ्नो मन भरिएको उल्लेख गरेका थिए । यो सिनेमामा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त लगायतको अभिनय रहेको छ ।

सुयोग गुरुङको निर्देशन तथा सरोज न्यौपानेको प्रस्तुतिमा निर्माण भएको सिनेमामा हेमराज बिसीको कथा, विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ तथा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।