राजेन्द्र बस्नेत निर्देशित ‘प्रेमगीत’को टिजर सार्वजनिक

राजेन्द्र बस्नेत निर्देशित ‘प्रेमगीत’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रेमगीता’को टिजर रिलिज भएको छ । मंगलबार सिनेमाको निर्माण टिमले १ मिनेट ११ सेकेण्ड लामो टिजर सार्वजनिक गरेको हो । यो टिजरमा सिनेमाका मुख्य कलाकार जाहन्वी बस्नेत, साजिद खान, सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ ।

मंगलबार सार्वजनिक टिजरमा लभ स्टोरी, बिछोड र एक्सन देखिन्छ । समसायिक कथामा आधारित सिनेमाको टिजरले केही कथा रहस्य रहेको खुलाउन खोजेको छ । यो सिनेमामा प्रेमपछिको विछोडको कुरालाई उठाउन खोजेको हो की भन्ने बुझ्न सकिन्छ ।

ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालि व्यानरमा निर्माण भएको सिनेमामा आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहेको छ ।

साजिद खान प्रस्तुतकर्ता रहेको सिनेमामा अयाज अलि खान निर्माता छन् । विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको सिनेमामा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ । निर्देशक बस्नेतले यही सिनेमा मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यो सिनेमा आगामी माघ २३ गते बाट प्रदर्शनमा आउँदैछ ।