वरुण र जान्हवीको ‘सन्नी संस्कारी कि तुलसी कुमारी’ ट्रेलर सार्वजनिक

वरुण र जान्हवीको ‘सन्नी संस्कारी कि तुलसी कुमारी’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बलिउड सिनेमा ‘सन्नी संस्कारी कि तुलसी कुमारी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शशांक खैतानले निर्देशनमा निर्माण भएको यो सिनेमामा वरुण धवन र जान्हवी कपूर मुख्य भूमिकामा देखिएका छन् ।

करीब तीन मिनेट लामो ट्रेलरले सिनेमालाई रोमान्टिक तथा कमेडी ड्रामाका रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा वरुण धवनलाई संस्कारी र इनोसन्ट तरिकाले प्रस्तुत गरिएको छ भने जान्हवीलाई आधुनिक, स्मार्ट र स्वतन्त्र युवतीको रूपमा देखाइएको छ । दुवै पात्रबीचको टकराव, प्रेम र भावनात्मक उतार-चढावले दर्शकलाई आकर्षित गर्ने संकेत गरेको छ ।

सिनेमामा सान्या मल्होत्रा र रोहित सराफ पनि महत्वपूर्ण भूमिकामा छन् । ट्रेलरमा कमेडी, डान्स, परिवारबीचका ड्रामा र रोमान्सको मिश्रण पाइन्छ । जसले दर्शकलाई मनोरञ्जनको ग्यारेन्टी दिने संकेत गरेको छ । ‘सन्नी संस्कारी कि तुलसी कुमारी’ आगामी अक्टोबर २ अर्थात् गान्धी जयन्तीमा विश्वव्यापी प्रदर्शनमा आउने छ ।

शशांक खैतानले यसअघि ‘हम्प्टी शर्मा की दुल्हनिया’, ‘बद्रीनाथ की दुल्हनिया’ र ‘धडक’ जस्ता सफल रोम्यान्टिक ड्रामा दिएका थिए । त्यसैले यो सिनेमाप्रति पनि दर्शकको उच्च अपेक्षा राखिएको छ ।