द सिनेमा टाइम्स काठमाडौं । वर्षकै प्रतिक्षित सिनेमा ‘बलिदान’ दशैंको फूलपातीका दिनबाट वर्ल्डवाइड रिलिज हुँदैछ । समीर भट्ट स्टारर यो सिनेमासँगै अन्य तीनवटा सिनेमा पनि प्रदर्शन हुने भएका छन् ।
‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘अभिमन्यु’ पनि फूलपातीकै दिन रिलिज हुँदैछन् । यी चार सिनेमा एकै दिन प्रदर्शन हुँदा शोज पनि बाँडिने भएका छन् ।
कुन सिनेमालाई सबैभन्दा धेरै दर्शकले मन पराउने हुन्, त्यो अहिले नै भन्न सकिँदैन । तर, सबै सिनेमामा स्टार कलाकार छन् ।
‘बलिदान’मा समीर भट्ट र सौगात मल्ल जस्ता स्टार छन् । ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का छन् । ‘माइतीघर’मा धिरज मगर, प्रकाश सपुत, केदार घिमिरे, उपासना सिंह ठकुरीजस्ता कलाकार छन् । ‘अभिमन्यु’मा कामेश्वर चौरसिया, किरण श्रेष्ठजस्ता कलाकारको अभिनय छ ।
त्यसैले कुन सिनेमा बक्सअफिसमा सबैभन्दा धेरै बलियो देखिन्छ, त्यो त रिलिज पछि नै थाहा हुनेछ । तर, सबैले प्रचारमा मेहनत गरिरहेका छन् ।
वर्षकै प्रतिक्षित सिनेमा ‘बलिदान’ यो वर्षकै प्रतिक्षित सिनेमा हो । यसअर्थमा दर्शकले पर्खिरहेका छन् । यो समीर भट्टको दोस्रो सिनेमा हो । उनको पहिलो सिनेमा ‘१२ गाउँ’मा नै धमाका मच्चाएको थियो ।
गएको वर्षको सबैभन्दा धेरै कमाउने सिनेमाको सूचीमा यो दोस्रो नम्बरमा थियो । ‘पूर्ण बहादुरको सारङ्गी’ सबैभन्दा धेरै कलेक्सन समीर भट्ट स्टारर ‘१२ गाउँ’को नाममा थियो ।
उनको यो दोस्रो सिनेमा हो । त्यसैले समीरको दोस्रो सिनेमा कस्तो होला र कति कमाउला भन्नेमा धेरैको कौतुहलता छ ।
‘१२ गाउँ’पछि अरु कुनै पनि सिनेमामा काम नगरेको ‘बलिदान’का निर्देशक सन्तोष सेनले यो सिनेमाले एक्सन सिनेमामा नेपालमा नयाँ ट्रेन्ड सेट गर्ने, समीरको पूर्ण एक्सन सिनेमा भएको र बलिउडस्तरको एक्ससन सिनेमा बनेकाले यो ‘बलिदान’ विशेष र ऐतिहासिक हुने बताएकाले पनि यसमा दर्शकको ध्यान रहेको छ ।
निकै ठूलो क्रेज र स्टारडम भएकाले पनि अरु सिनेमाको सामना सहजै गर्नेमा निर्माणपक्ष विश्वस्थ छ । निर्माण टिममा देखिएको यो कन्फिडेन्सले सिनेमा राम्रो हुने अपेक्षा धेरैले गरेका छन् । निर्माण पक्षले ‘बलिदान’को लेखन तथा छायांकनमा पनि ठूलो मेहनत गरेको छ ।
बिग बजेटमा निर्माण भएको स्टार कलाकार रहेको र प्राविधिक पक्षको काम बलिउडका अनुभवी टेक्निसियनले गरेकाले यो सिनेमाले समीरको पहिलो सिनेमाको बक्सअफिसलाई ‘बलिदान’ले सहजै उछिन्ने अनुमान लगाउन सकिन्छ ।
‘बलिदान’मा समीर र सौगातसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय छ ।
आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।
यो सिनेमालाई वडादशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।


प्रतिक्रिया