द सिनेमा टाइम्स, काठमाडौं । बलिउडको सफल जोडी अजय देवगन र काजोलकी छोरी न्यासा देवगन २२ वर्षकी भइन् । उनी पहिले नै सामाजिक सञ्जालमा चर्चामा छिन्, तर फ्यानहरू उनले बलिउडमा डेब्यू गरेमा के गर्छिन् भनेर हेर्न उत्सुक छन् ।
आफ्नी छोरी न्यासा देवगनको बलिउड डेब्यूको बारेमा धेरै पटक बोलेकी अभिनेत्री काजोलले हालै खुलासा गरिन् कि एक निर्देशकले आफ्नी छोरीलाई सिनेमामा डेव्यु गर्न २/३ पटक फोन गरेका थिए । अजय देवगनकी छोरीलाई बलिउडमा डेव्यु गर्न उत्सुक निर्देशक को हुन् ? के यी निर्देशकले न्यासालाई डेव्यु गराउने छन् ? त्यसको चर्चा अहिले बलिउडसहित अजय र काजोलका फ्यानमा छ ।
आजबाट ओटिटी प्लेटफर्म जियो हटस्टारमा वेब सिरिज ‘द ट्रायल सिजन २’को प्रचारको क्रममा काजोलले न्यासाको डेव्युको बारेमा खुलेर कुरा गरिन् । भारतका चर्चित पत्रकार शुभंकर मिश्राको अन्तरवार्तामा आफ्नी छोरी न्यासा र छोरा युगलाई सिनेमाको अफर आइरहेको छ कि भनेर सोध्दा, अभिनेत्री काजोलले बलिउडका सफल निर्माता तथा निर्देशक करण जोहरबाट प्रस्ताव आएको खुलाइन् ।
उनले भनिन्, ‘हो, मलाई करण जोहरबाट केही फोन आएको थियो, र उनले सोधे कि केटाकेटीहरू बलिउडमा डेव्यु गर्न तयार छन् कि छैनन्, तर मलाई लाग्छ कि मेरी छोरी अहिले सिनेमामा प्रवेश गर्नेवाला छैनन् र उनी जे गर्न चाहन्छिन् त्यसमा हामी शतप्रतिशत उनको साथमा छौं ।’ काजोल र अजय देवगनकी छोरी न्यासाले अहिलेको लागि आफूलाई सिनेमाको पर्दाबाट आफुलाई टाढा राख्न चाहेकी हुन सक्ने बुझाई आमा काजोलको छ ।
यता, अजय र काजोलका छोरा युगले पहिले नै सिनेमामा डेब्यू गरिसकेको छन् । १५ वर्षीय युगले ‘कराटे किडः लेजेन्ड्स’बाट सिनेमामा डेव्यु गरेका थिए । यो सिनेमामा आफ्नो आवाज दिँदा नै उनी क्यामेरा–मैत्री छन् भन्ने देखिएको थियो । मिडियाको अगाडि प्रस्तुत हुँदा युग निकै आत्मविश्वासी देखिन्थे । यति सानो उमेरमा उनको आत्मविश्वास देखेर, सामाजिक सञ्जालमा उनको प्रशंसा भएको थियो । यो सिनेमा हिन्दी भाषामा पनि रिलिज भएको थियो ।
काजोल वेब सिरिज ‘द ट्रायल सिजन २’मा फेरि एक पटक वकिल नोयोनिका सेनगुप्ताको भूमिकामा देखिनेछिन् ।


प्रतिक्रिया