एक्सन सिनेमाको भोक मेटाउन यसरी ‘बलिदान’ लिएर आउँदैछन् ‘एक्सन किङ’

एक्सन सिनेमाको भोक मेटाउन यसरी ‘बलिदान’ लिएर आउँदैछन् ‘एक्सन किङ’


द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै सर्वाधिक प्रतिक्षित सिनेमा ‘बलिदान’को कसिलो ट्रेलरले सिनेमालाई थप प्रतिक्षित बनाएको छ । सिनेमाका मुख्य पात्र समीर भट्टको लोभलाग्दो एक्सनले सिनेमाको प्रतिक्षा बढाएको छ ।

एक्सन किङ भनेर गरिएको प्रचारलाई समीरको एक्सनले न्याय दिएको छ । नेपालमै बलिउडस्तरको एक्सन सिनेमा बनेको भनेर निर्देशक सन्तोष सेनको प्रचारलाई पनि ट्रेलरमा देखिएको एक्सनले विश्वस्नीय बनाएको छ ।

कलाकार तथा निर्देशक विराज भट्टले ‘१२ गाउँ’मा डेब्यु अभिनेता समीरको एक्सन उनको एक्सन क्षमताको १० प्रतिशत मात्रै हो भनेका थिए । त्यसलाई पनि ‘बलिदान’को ट्रेलरले प्रमाणित गरेको छ । फूल एक्सनमा समीर देखिएका छन् । उनको एक्सन सिनले उनलाई एक्सन स्टार भन्न अब कन्जुस्याईं गर्नु पर्दैन । एक्सनको शीर्ष स्थानमा उनी ढुक्कैले ‘बलिदान’मार्फत पुगेका छन् ।

ट्रेलरले ‘बलिदान’ले एक्सन सिनेमाका क्रेजी फ्यानहरूलाई सजिलै आकर्षित गर्ने देखाएको छ । एक्सनका लागि दक्षिण भारतीय सिनेमा हेर्ने नेपाली दर्शकले अब ‘बलिदान’ हेरेपुग्छ भन्ने सन्तोष सेनको भनाइमा सत्यता रहेको ट्रेलर हेरेर विश्वास गर्न सकिन्छ ।

यदि मेकर इमान्दार हुने हो भने ट्रेलरले सिनेमाको संकेत गर्छ । ट्रेलरमा देखिएको एक्सनकै अनुपातमै सिनेमामा एक्सन छ भने, एक्सनले भरिपूर्ण सिनेमा रहेको प्रष्ट हुन्छ ।

एक्सन स्टारका रूपमा ‘बलिदान’बाट समीरको उदय दोस्रोपटक प्रमाणित हुनेछ । एक्सनले मात्रै पनि ‘बलिदान’ले दर्शकलाई हलसम्म डो¥याउने निश्चित छ ।

जन्म दिने आमा र नेपाल आमा सिनेमाको कथा छ । आमा हरेक परिवारसँग जोडिएको कथा हो । नेपाल आमा अथवा मातृभूमि हरेक व्यक्ति र घरघरसँग जोडिएको कथा हो, यसले पनि यो सिनेमाले दर्शक सजिलै तान्ने देखिन्छ ।

एक्सन खड्किएको नेपाली सिनेमा उद्योगमा एक्सन किङको एक्सन, नेपाली राष्ट्रभक्तका लागि राष्ट्रियता र अस्तित्वको कथा र स्वाभिमानी छोराका लागि आमाको अस्मिताको कथा सिनेमामा भएकाले हरेक व्यक्तिसँग सिनेमा जोडिने ट्रेलरले प्रष्ट पारेको छ ।

सिनेमामा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

वर्षकै प्रतिक्षित सिनेमा ‘बलिदान’ दशैंको फूलपातीका दिनबाट वर्ल्डवाइड रिलिज हुँदैछ ।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् । निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।