द सिनेमा टाइम्स, काठमाडौं । बलिउडकी सुपरस्टार अभिनेत्री करीना कपूर खानले आफ्नो सिनेमा करियरभरि धेरै हिट सिनेमाहरू दिएकी छिन् । उनले सिनेमा ‘रिफ्युजी’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनले आफ्नो करियरमा धेरै सुपरहिट सिनेमामा काम गरेकी उनले केही सुपरहिट सिनेमामा काम गर्न समेत अस्वीकार पनि गरेकी छन् ।
हामीले बलिउड मिडियाको सहयोगमा बलिउडकी सबैभन्दा सफल अभिनेत्रीहरू मध्ये एक करीना कपूर खानले अस्वीकार गरेका सुपरहिट सिनेमाको सूची बनाएका छौं ।
राम-लीला
संजय लीला भन्सालीको ब्लकबस्टर सिनेमा ‘रामलीला’मा दीपिका पादुकोणको भूमिकाको प्रस्ताव सुरुमा करिना कपूर खानलाई गरिएको थियो । तर उनले त्यो भूमिका पनि अस्वीकार गरिन् । छायांकन सुरु हुनुभन्दा १० महिना अगाडी नै अभिनेत्रीले सिनेमा छोडिन् । रिलिज पश्चात यो सिनेमा सुपरहिट भएको थियो ।
कहो ना प्यार है
बलिउड सुपरस्टर ऋतिक रोशनको डेव्यु सिनेमा कहो ना प्यार हो पनि करिनाले अस्वीकार गरेकी थिइन् । उनले यो सिनेमा छोडेपछि अमिषा पटेलले अभिनय गरेकी हुन् । यो सिनेमा बक्सअफिसमा ब्लकबस्टर भएपछि करिनाको लागि यो घाटा साबित भयो । सोही वर्ष उनको डेव्यु सिनेमा ‘रिफ्युजी’ रिलिज भयो । जुन बक्सअफिसमा ठूलो फ्लप साबित भएको थियो ।
कल हो ना हो
करिनाले बलिउडका बादशाह शाहरुख खानसँगको सिनेमा ‘कल हो ना हो’मा पनि अभिनयको प्रस्ताव आएको थियो । यो सिनेमा पनि उनले अस्वीकार गरेकी थिइन् । करिनाले छोडेपछि यो भूमिकामा बलिउडकी अर्की अभिनेत्री प्रीति जिन्टाले कास्ट गरिएको थियो । यो सिनेमामा बक्सअफिसमा सुपरहिट भएपछि उनी पछुताएकी थिइन् ।
दिल धडकने दो
जोया अख्तरको मल्टीस्टारर सिनेमा ‘दिल धडकने दो’मा पनि करिनाले अभिनय गर्न अस्वीकार गरेकी थिइन् । यो सिनेमा रिलिज भएर बक्सअफिसमा हिट भएपटि उनले आफ्नो निर्णयको कारण व्यक्तिगत जीवन बताइन् । वास्तवमा, त्यतिबेला करिना आफ्नो विवाहित जीवनमा बढी ध्यान केन्द्रित गरिरहेकी थिइन् । जसका कारण उनले यो सिनेमा छोडेकी थिइन् ।
चेन्नई एक्सप्रेस
रोहित शेट्टीले सिनेमा ‘चेन्नई एक्सप्रेस’को लागि सुरुमा दीपिका पादुकोणको सट्टा करीना कपूर खानलाई अफर गरेका थिए । तर सोही समयमा उनले आमिर खानको सिनेमा ‘तलास’मा काम गरिरहेकी करिनाले यो भूमिका अस्वीकार गरिन् । यो सिनेमा पनि बक्सअफिसमा ब्लकबस्टर भएपछि उनी पछुताइन् ।
क्वीन
कंगना रनौतको ड्रामा सिनेमा ‘क्वीन’ एक शानदार सिनेमा हो । जसमा कंगनाले मुख्य भूमिकामा अभिनय गरिन् । कंगनाले अझै पनि यो सिनेमाको लागि प्रशंसा बटुल्छिन्, तर यो शक्तिशाली भूमिकाको लागि सुरुमा करीना कपूरलाई अफर गरिएको थियो । यो सिनेमा पनि उनले विभिन्न कारण देखाउँदै छाडेकी थिइन् । यो सिनेमा बनेर रिलिज भएपछि कंगनाको चर्चा र बक्सअफिस सफलताले उनलाई दुखी बनाएको थियो ।


प्रतिक्रिया