‘बलिदान’का खँदिला डाइलग र आकर्षक डाइलग डेलिभरीले जगाएको उत्साह

‘बलिदान’का खँदिला डाइलग र आकर्षक डाइलग डेलिभरीले जगाएको उत्साह


द सिनेमा टाइम्स, काठमाडौं । एक्सन सिनेमामा खिरिला र खँदिला डाइलग तथा मोटो भ्वाइसमा आकर्षक डाइलग डेलिभरी आवश्यक हुन्छ, जुन सिनेमा ‘बलिदान’मा छ । कसिला संवाद र सोही अनुसारको डाइलग डेलिभरीले रहेको ‘बलिदान’को ट्रेलरले सिनेमाप्रति दर्शकको आकर्षण बढाएको छ ।

समीर भट्ट, सौगात मल्ल र हेमन्त बुढाथोकीको आकर्षक डाइलग सिनेमाका लागि लोभलग्दो पक्ष छ । ऋचा शर्माको देशभक्तिपूर्ण संवाद र शैली सिनेमाका सम्पत्ति हो ।

सिनेमामा राम्रो संवाद भएर मात्रै हुँदैन, त्यसको डेलिभरी पनि त्यस्तै हुुनुपर्छ । खारिएको र माझिएको मोटो स्वर चाहिन्छ एक्सन सिनेमाको डाइलगलाई आकर्षक र जीवन्त बनाउन, जुन ‘बलिदान’को ट्रेलरमा देखिएको छ ।

संवाद राम्रो तर स्वर मसिनो भयो एक्सन सिनेमामा सुहाउँदैन । यसमा ‘बलिदान’ले ख्याल गरेको दखिन्छ । एक्सन सिनेमामा जति दमदार र सहासिक एक्सन हुन्छन्, त्यसलाई क्यारी गर्ने डाइलग र एक्टरको स्वर पनि हुनुपर्छ । यो ‘बलिदान’मा देखिएको छ । एक्सन, डाइलग र त्यसको डेलिभरीको संयोजन मिठो भएन भने सिनेमा पनि राम्रो हुँदैन । ‘बलिदान’मा यी तीनै पक्ष कसिलो देखिएको छ ।

‘हामीले सकेजति मेहनत गरेका छौँ । एक्सनमात्रै होइन त्यही अनुसारको संवाद राइटिङ र त्यसको डेलिभरमा पनि मेहन गरेका छौँ,’ बलिदानका निर्देशक सन्तोष सेन भन्छन्, ‘शारीरिक परिश्रम जति गरेका छौँ, त्यति नै बौद्धिक मेहनत पनि गरेका छौँ । खँदिला संवाद छन्,’ त्यसैले दर्शकले एक्सन सिनमा जति इन्टरटेन गर्छन्, संवादमा पनि त्यति नै इन्टरटेन गर्नेमा सन्तोष सतप्रतिशत विश्वस्त छन् ।

सिनेमाको ट्रेलर विभिन्न देशमा यतिबेला युट्युब ट्रेन्डिङमा छ । यसले पनि सिनेमाप्रति दर्शकको चासो र माया रहेको सन्तोष बताउँछन् ।

‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

वर्षकै प्रतिक्षित सिनेमा ‘बलिदान’ दशैंको फूलपातीका दिनबाट वर्ल्डवाइड रिलिज हुँदैछ ।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् । निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।