‘बलिदान’ हेर्नै पर्ने यी सात कारण

‘बलिदान’ हेर्नै पर्ने यी सात कारण


द सिनेमा टाइम्स, काठमाडौं । यो दसैँमा रिलिज हुन लागेको सर्वाधिक प्रतिक्षित सिनेमा ‘बलिदान’ अहिले विभिन्न कारणले चर्चामा छ । ट्रेलरमा देखिएको एक्सन, युट्युब ट्रेन्डिङ, डाइलग र यसको मेहनतले यो सिनेमा जतिजति रिलिजको नजिक आइपुग्दैछ, त्यति नै हाइप पनि बढाउँदैछ ।

असोज १३ गते फूलपातीका दिन रिलिज हुने यो सिनेमा किन हेर्ने भनेर विश्लेषण गर्दा यसका विभिन्न कारण छन् ।

पहिलो कारण: यसको दमदार एक्सन नै हो । नेपाली सिनेमामा यस्तो एक्सन विरलै देखिन्छ । नायक समीर भट्टको पावरफूल एक्सन छ । साउथ इन्डियन सिनेमाको एक्सनको दाँजोमा रहेको एक्सन भएकाले पनि यो सिनेमा हेर्नुपर्नेछ ।

दोस्रो कारण: यसको संवाद हो । एक्सन सिनेमाले एक्सन सिनका लागि जति मेहनत गर्छन्, त्यति नै संवादमा पनि गरेका हुन्छन् । ‘बलिदान’को ट्रेलरमा त्यो देखिएको छ । खँदिला संवाद र बोल्ड भ्वाइसले ट्रेलर आकर्षक बनाएको छ । पूरै सिनेमाभरी नै यस्तै संवाद रहेको अनुमान र अपेक्षा गर्न सकिन्छ । डाइलगको दमदार प्रस्तुति हेर्न पनि यो सिनेमा हेर्नुपर्छ ।

तेस्रो कारण: ‘बलिदान’ समीरको दोस्रो सिनेमा हो । यसअघि उनको पहिलो सिनेमा ‘१२ गाउँ’बाट नै समीरले आफ्नो दमदार छाप छोडिसकेका छन् । उनको दोस्रो सिनेमा कस्तो होला ? पहिलोजस्तै दर्शकले मन पराउँछन् वा पराउँदैनन् भनेर थाहा पाउन र उनको अभिनय र एक्सन हेर्न पनि यो सिनेमा हेर्नुपर्नेछ ।

चौथो कारण: ‘१२ गाउँ’मा समीरसँगै उनको बुबा बिराज भट्ट पनि थिए । ‘१२ गाउँ’मा समीरभन्दा पनि बिराजको स्थान धेरै थियो । तर, यसमा समीरको सोलो लिड छ । सिनेमामा रहेका सौगात मल्ल खलपात्रका रूपमा रहेको देखिएको छ । त्यसैले पूरै सिनेमामा लिड गर्दा समीर कति कुशल देखिन्छन् भन्ने हेर्न पनि ‘बलिदान’ हेर्नुपर्नेछ ।

पाचौँ कारण: यो राष्ट्रवादी सिनेमा हो । राष्ट्रियताले ओतप्रोत रहेको कथा सिनेमामा रहेको ट्रेलरमा देखिएको छ । संवादले पनि यो देखाएको छ । नेपाल राष्ट्र र राष्ट्रियताप्रति गौरव गर्ने र गम्भीर हुनेहरूले हेर्नुपर्ने सिनेमा हो । आफ्ना आमाका लागि ज्यान बलिदान दिनेहरूका लागि पनि यो यो सिनेमा हेर्नुपर्नेछ ।

छैटौँ कारण: नेपालको कूटील राजनीति र राजनीतिका नाममा देशप्रति गद्धारी गर्नेहरूको असली चरित्रबारे थाहा पाउन पनि यो सिनेमा हेर्नुपर्नेछ । जनताका नाममा राजनीति गर्छु भन्ने तर पारीपट्टिको नुन खानेहरूको असली नियतबारे थाहा पाउन पनि यो सिनेमा हेर्नुपर्नेछ ।

सातौँ कारण: सन्तोष सेनको यो पहिलो सोलो निर्देशन हो । निर्माताका रूपमा कुशल रहेका उनको निर्देशकीय क्षमता हेर्न पनि यो सिनेमा हेर्नुपर्नेछ । यससँगै सिनेमाभित्रका चरित्रहरू जसले गेटअपमा मेहनत गरेको ट्रेलर र टिजरमा देखिएको छ । यी चरित्रहरू हेर्न पनि यो सिनेमा हेर्नुपर्नेछ ।

‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

वर्षकै प्रतिक्षित सिनेमा ‘बलिदान’ दशैंको फूलपातीका दिनबाट वर्ल्डवाइड रिलिज हुँदैछ ।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् । निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।