हास्य र रोमान्सको धमाका ‘मस्ती ४’को टिजर सार्वजनिक

हास्य र रोमान्सको धमाका ‘मस्ती ४’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बलिउडको चर्चित फ्रेन्चाइज सिनेमा ‘मस्ती’ श्रृंखलाको चौथो भाग ‘मस्ती ४’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता रितेश देशमुख, विवेक ओबराय र आफताब शिवदासानी फेरि एकपटक स्क्रिनमा एकसाथ देखिएका छन् ।

सन् २००४ मा पहिलोपटक प्रदर्शन भएको ‘मस्ती’ले हलिउड शैलीको रोम्यान्टिक-कमेडीलाई भारतीय परिवेशमा रोचक ढंगले प्रस्तुत गरेको थियो । त्यसपछि ‘ग्रान्ड मस्ती’ र ‘ग्रेट ग्रान्ड मस्ती’मार्फत दर्शकले यो त्रिकोणको झिल्को देखिसकेका थिए ।

मिलाप मिलन जाभेरी निर्देशित नवीनतम ‘मस्ती ४’मा अझ बढी हास्य, ड्रामा र रोमान्स जोडिएको छ । टिजरमा तीनै अभिनेताको शरारती रूपलाई झल्काइएको छ । जसले पुरानो सम्झना ताजगी बनाइदिएको छ । यसअघिका ‘मस्ती’ श्रृंखलाको निर्देशन इनद्र कुमारले गरेका थिए ।

सिनेमालाई यसअघि जस्तै हल्का-फुल्का मनोरञ्जनको खुराक मानिएको छ । निर्माण पक्षका अनुसार ‘मस्ती ४’ आगामी नोभेम्बर २१ म विश्वव्यापी प्रदर्शनमा आउनेछ ।