आर्यन र वर्षा फिचर्ड ‘हरिबहादुरको जुत्ता’को तेस्रो गीत ‘सुन्तलीमाई’ सार्वजनिक

आर्यन र वर्षा फिचर्ड ‘हरिबहादुरको जुत्ता’को तेस्रो गीत ‘सुन्तलीमाई’ सार्वजनिक

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । असोज १३ गते दशैंको फूलपातीबाट प्रदर्शनमा आउने सिनेमा ‘हरिबहादुरको जुत्ता’को तेस्रो गीत सार्वजनिक भएको छ । समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको ‘सुन्तलीमाई’ गीतमा दिनेश थपलियाको शब्द रचना तथा वसन्त सापकोटाको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, वर्षा राउत लगायत फिचर्ड छन् । सिनेमाको कथा अनुसार तयार पारिएको गीतको भिडियोमा सिनेमाका मुख्ख कलाकार पनि प्रस्तुत छन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको भिडियोमा कृष्ण बहादुर थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन छ । आर्यन र वर्षा सिनेमाको यही गीतमा विशेष भूमिकामा देखिनेछन् ।

दिपेन्द्र के खनाल निर्देशित सिनेमामा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

एसएम मोसन पिक्चर्सको व्यानरमा निर्माण भएको सिनेमालाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको सिनेमामा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।